२०८१ बैशाख १४ शुक्रबार

प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाले एमालेको नया नेतृत्वलाई शुभकामना व्यक्त।

सिड्नी, अष्ट्रेलिया ✍️
प्रवासी नेपाली मंच, अष्ट्रेलियाको युवा बिभाग प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाले भरखरै सम्पन्न नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औ राष्ट्रिय महाधिवेशन बाट निर्वाचित भएका सबै पदाधिकारी, केन्द्रीय-सदस्य, आयोग लगायत सबै निर्वाचित सदस्यहरू लाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
युवा मंचका अध्यक्ष अरुण गौतम र महासचिव अनिल खड़का द्वारा हस्ताक्षरीत शुभकामना सन्देशमा मूलतः सहिदको बलिदानको कदर संगै नेपाली जनताले चाहेको सुख प्राप्तिको निम्ति पाइला चाल्न अनुरोध संगै शुभकामना व्यक्त गरेका छन ।
शुभकामना सन्देशको बिवरण ।


हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को १० औ राष्ट्रिय महाधिवेशन चितवनमा, पाँच लाख भँदा बढ़ी जन-मानसका बिच अत्यन्त भव्य एवं सभ्य रुपमा सु-सम्पन्न भएको छ ।

महाधिवेशनले पार्टीका अध्यक्ष श्रद्धेय एवं पूर्व प्रधानमन्त्री क. केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटिको केन्द्रीय नेतृत्व चयन गरेको छ ।

राष्ट्रिय महाधिवेशनले पार्टी भित्रका बिभिन्न बैचारिक धार, पृष्ठभुमी र दक्षताको आधार अनी अनुभवलाई अत्यन्त परिपक्कता संगै समावेशिताका साथ आत्मसाथ गर्दै जनताको पार्टीमा बिगतको दिनमा जनताको सुख प्राप्तिको निम्ति आफ़्नो ज्यान बलिदान गर्नुहुने सहिदहरूको सपनालाई शिरोपर गर्दै सबैको उच्च मुल्यांकन र विवेकपूर्ण एक उदाहरण समेत प्रस्तुत गरेको सबै माझ सर्बबिदितै छ ।

यस सुखद उपलक्ष्यमा नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मंच, अष्ट्रेलियाको युवा बिभाग, प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाले पनी यस महाधिवेशनलाई सफल पार्नका निम्ति सहयोग गर्न, आर्थिक, प्रचार-प्रसार, शुभेच्छा प्रकट र शुभकामना व्यक्त गरीएको समेत जानकारी गराउदछौ ।

अन्तमाः हामी सबैको अभिभावक तथा जनताको प्यारो पार्टी नेकपा (एमाले) का अध्यक्ष क. केपी शर्मा ओलि नेतृत्वको सिंगो कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने जुन सपना अनी आकांक्षा र देश तथा प्रवासमा रहनुहुने सबै नेपाली जनताको साझा संकल्पलाई पुरा गर्ने सामर्थ्यको निम्ति शुभकामना सहित सुखद सफलताको कामना गर्दछौ ।

हार्दिक अभिवादन सहित,

प्रवासी नेपाली युवा मंचले अष्ट्रेलियामा यस अघी सबै राज्यमा बिभिन्न खालको कार्यक्रमहरू गर्दै आएको छ, प्रवास/अष्ट्रेलियामा रहेका प्रगतिशील अनी सबै खाले युवाहरूलाई एकजुट बनाउने र देश बिकास गर्नका निम्ति पहल र सहयोग गर्ने साथै प्रवासमा रहेका नेपाली समुदायलाई साथ र सहयोग गर्ने उद्देश्यले स्थापना गरीएको संरक्षक रमेश पाण्डेले बताए ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित 1 Minute 849 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार