२०८१ बैशाख १३ बिहीबार

एनएसडब्लु-अष्ट्रेलियाका मन्त्रीद्वारा सामाजिक कार्यको प्रशंसा गर्दै मुक्ति रामलाई सम्मान ।

✍️ सिड्नी, अष्ट्रेलिया ॥
सकारात्मक सोच र स्वयंसेवक भावना जागृति भयो भने समाज परिवर्तन गर्न सकिन्छ भन्ने भावन लाई आत्मसाथ गर्दै बिश्वका शान्ति दुत भगवान गौतम बुद्ध को जन्मथलो लुम्बिनी, रूपन्देहि जिल्लामा जन्म र आफ्नो मातृभुमि मा करिव दुई दशक भन्दा बढि स्थानीय समुदाय, आफ्नो जिल्ला र केन्द्रका बिभिन्न तह र अहोदामा रहेर सामाजिक, परोपकारी एवं अनुकरणीय काम गर्दै सामाजिक यात्रामा लम्किएका मुक्तिराम पोखरेल पछिल्लो समय बिगत ९ वर्ष देखि अस्टे्लियालाई आफ्नो कर्मथलो बनाई बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक संघ संस्थामा आवद्ध र सक्रिय हुदै आईरहेका छन् जस अन्तर्गत फेन्का प्रतिनिधि (RANA) सदस्य , नेपालि कला-संस्कृति तथा साहित्यिक प्रतिस्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अस्टे्लियाका उपाध्यक्ष, अन्तराष्ट्रिय साहित्य समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक, रूपन्देहि सामाजिक संन्जाल (RSNA)अष्ट्रेलिया नेपालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेल सेण्ट जोर्ज कम्युनिटी भोलिंटेयर्स अवार्डस बाट न्यु साउथ वेल्स राज्य, अस्टे्लियामा सम्मानित भएका छन् पोख्रेलले सेन्ट जर्ज एरिया र सिंगो राज्यमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदाय बिच परोपकारी एवं हितका लागि गरेको योगदानको उच्च मुल्याकन गर्दै एक कार्यक्रमका बिच आज मंगलवार न्यु साउथ वेल्स राज्य, अस्टे्लियाका नवनियुक्त बहु-सास्कृतिक तथा जेष्ठ नागरिक मन्त्रि मार्क कोर जोसेफ (Mark Joseph COURE) ले पोखरेल लाई सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।
यसै बिचमा मन्त्री मार्कले मुक्ति केवल एक उदाहरणिय पात्र मात्र हुन बिशेष गरी नेपाल बाट बिभिन्न वहानामा अष्ट्रेलियामा आइ अष्ट्रेलियालाई कर्मथलो बनाएर बसेका आम नेपालीहरू आफ्नो काममा सत-प्रतिसत मेहेनत र परिश्रम अनी बिश्वसनीय रहेको पाईएको बताए जसले सिंगो समाज मात्र नभई अन्तराष्ट्रिय स्तर मै नेपालीहरूको शान रहेको बताए साथै कैयौ पटक सदनमा नेपालीहरूको समाज प्रतिको लगाव र देश बिकासको बारेमा बिभिन्न स्थानीय र राज्य स्तरको सांसदहरूले प्रशंसा गर्ने गरेको बताए संगै मुक्ति रामलाई यो अभियानलाई अटूट रूपमा लाग्नको निम्ति आगामी दिनको शुभकामना समेत व्यक्त गरेका थिए ।
सम्मान प्राप्त गर्दै मुक्ति राम पोख्रेलले यस समाज प्रतिको दायित्व र कर्तव्य पालनालाई राज्यको मन्त्रालय स्तर बाट गरीएको सम्मानले आफुलाई अझ सकारात्मक ऊर्जा थप भएको र समुदायको हितको लागि सामाजिक कार्यमा अगाडी बढ्न् प्रेरित र थप जिम्मेबारी बहन् भएको धारणा समेत ब्यक्त गरे साथै संसारभर रहेका नेपालीहरूलाई जहां रहेपनी आफ्नो देश, भाषा, संस्कृति र मौलिकता अनी इमानदारिताको बिरासतलाई बढ़ाएर लानुपर्ने सबैको दायित्व रहेको बताए ।

२०७८ माघ ११, मंगलवार प्रकाशित 1 Minute 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार