२०८१ बैशाख ७ शुक्रबार

घट्यो बिदेश जाने श्रमिकको संख्या !!

घट्यो बिदेश जाने श्रमिकको संख्या

संबाददाता-किरण भण्डारी
१९ माघ, काठमाडौं । गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको थियो।
वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका छन् । पुस महिनामा दनिक ओसत २ हजार २२० जना श्रमिक विदेश गएका छन्।गत मंसिर महनिमा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार ५ सय पुगेको थियो । पुस महिनामा बाहिरिएका साढ ६६ हजारमध्ये ३५ हजार ९९५ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले पुरानो श्रम स्वीकृति नवकीरण गरेका थिए ।

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार