२०८१ बैशाख ८ शनिबार

पोखरा -२१, कृस्तीनाच्नेचौरको सिमलचौरमा एमाले टोल कमिटी गठन, अध्यक्षमा झलकबहादुर थापा ।

राजा दशरथको अयोध्या जस्तै नेकपा एमाले पोखरा -२१ र पोखरा -२१ वडा कमिटीद्वारा कृस्तीनाच्नेचौरको सिमलचौरमा बृहत् टोल भेला सम्पन्न भएको छ।

२०४६ सालको परिवर्तनको लगत्तै कम्युनिस्ट पार्टी र तत्कालीन नेकपा माले ,एमाले कालमा प्रतिगमनकारी ,यथास्थितिवादी ,दक्षिणपन्थी र प्रतिक्रियावादी हरुले कम्युनिस्ट पार्टीको बारेमा विभिन्न अबान्छित ,कपोल्कल्पित र झूटा आरोपहरु लगाउने,छिछी,दूर्दूर र निषेध गर्ने बेलामा समेत तत्कालीन नेकपा एमाले लाई कृस्तीनाच्नेचौरको सदरमुकाममा निशुल्क पार्टी कार्यालय उपलब्ध गराउने दिबङ्गत ईम्द्रबहादुर कार्कीको सहधर्मिनी सीता कार्की प्रति सम्मान व्यक्त गर्दै ,२०४८ सालको आमनिर्वाचनमा पार्टी कार्यालयको ब्यवस्थापक भई पार्टी काम सम्पादन गर्ने दिबङ्गत बेलबहादुर कार्कीप्रति सम्मान सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । युवा नेता रानाभाटले पार्टी भेलालाई सम्बोधन गर्दै नेकपा एमाले देश निर्माण,बिकास र समृद्धिको नायक पार्टी हो,२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले शुरु गरेको आफ्नो गाउँ आफैं बनाऔ,एकल महिला ,उत्पीडित भत्ता,बृद्द भत्ता कार्यक्रमको शुरूवात गरेको उल्लेख गर्दै क. केपी ओली प्रधानमन्त्री हुँदा मासिक ४,०००। पाउने सामाजिक सुरक्षा भत्ता अबको स्थानीय र सङ्घको चुनाव पछि पाच हजार पुर्‍याउने कुरा सुनिश्चित छ भन्नुभयो,साथै युवा नेता रानाभाटले क. केपी ओलीले शुरु गरेका किसान,मजदुर,युवा,महिला ,अपाङ्ग र बिद्यार्थीमैत्री कार्यक्रमको निरन्तरता र युगान्तकारी बिकासका आयोजनाहरुको शुरूवात र सम्पन्न गर्न नेकपा एमाले लाई आगामी निर्वाचनहरुमा जिताउन आग्रह गर्नुभयो।

भेलालाई सम्बोधन गर्नुहुने एमाले जिल्ला कमिटीका सदस्य एवं पोखरा -२१ का ईन्चार्ज अर्जुन गिरीले तपाईं अग्रजहरुले बनाएको समृद्द पार्टी झन् साङ्गठनिक रुपले चुस्तद्रुस्त तुल्याउने ,बैचारिक रुपले स्पातिलो ,साङ्गठनिक रुपले लडाकु पार्टी बनाउने कुरामा जोड दिदै अग्रजहरुले बनाएको पार्टी सकेसम्म झन् बलियो तुल्याउने ,नसके पनि कमजोर बनाएर शिर झुक्न नदिने बिषय दोहोर्‍याउदै बिगत झैं आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने कुराको ठोकुवा गर्नुभयो।


नेकपा एमाले कास्की जिल्ला कमिटीका सदस्य एवं पोखरा -२१ का अध्यक्ष क. खगराज आचार्य ,निर्वाचित जनप्रतिनिधि एवं नेकपा एमाले पोखरा महानगर सचिवालय सदस्य अम्बिका थापा,सदस्य क. कृष्ण बहादुर थापा , युवा नेता दिपक सुबेदी र निर्वाचित जनप्रतिनिधि नन्दलाल अधिकारीले नेकपा एमाले नेतृत्वमा सम्पन्न भएका बिकास योजनाहरुको चर्चा गर्दै आगामी स्थानीय चुनावमा एमाले लाई पुन: बिगतको फराकिलो मत अन्तरलाई अझ बढाउदै बिजयी तुल्याउन आग्रह गर्नुभयो।

भेलाले क. झलकबहादुर थापा अध्यक्ष ,दीपक अधिकारी उपाध्यक्ष ,चेतभक्त अधिकारी सचिव तथा गङाबहादुर कार्की र कल्पना थापा रानाभाट उपसचिव रहेको २९ सदस्यीय टोलकमिटी गठन गरेको छ।

साथै भेलाले पुराना बामपंथी अग्रजहरु सीता कार्की,अर्जुन रानाभाट ,मोहनबहादुर थापा “काजी ,बलबहादुर सुनार र सेती कुवर रहनुभएको सल्लाहकार कमिटी गठन गरेको छ।


नेकपा एमाले पोखरा -२१ का अध्यक्ष राजेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव रोशन भट्टराई र स्वागत मन्तव्य वडा कमिटीका सदस्य हेमन्त अधिकारीले गर्नुभएको थियो।

 

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार