२०८१ बैशाख १३ बिहीबार

बर्दघाट-१४ नवलपरासी गंगा बस्ति-धर्म बस्ति, बरूवा जोड़ने सडक कालोपत्रे हुँदै।

बर्दघाट नगरपालिका वडा नं १४ अन्तर्गत गंगा बस्ती, विजयनगर, धर्मबस्ती बाट पुष्पलाल चोक सरस्वति मावि हुँदै वडा नं १६ को कार्यालय हुँदै बरूवा सडक जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज मिति २०७८/१२/१७ गतेका दिन नगर प्रमुख धीरज शर्मा बस्याल ज्यूले एक कार्यक्रम बिच शिलन्यास गर्नुभएको छ ।

३ किलो मिटर भन्दा बढि रहेको उक्त सडक २ करोड ९२ लाख ५२ हज़ार को कूल लागतमा निर्माण हुन लागेको हो र सोही अनुसार समझौता पनि भएको हो । सडक निर्माणको ठेक्का जिम्मेवारी भने बिकास एन्ड ब्रदर्श मज्दुर जेभि सुर्खेतले पाएको छ ।

सडक निर्माणको कार्य भने आऊँदो २०७९ अषाढ अन्तिम सम्म हुने जानकारी सडक निर्माणको तर्फबाट कम्पनिको प्रतिनिधि सबिन पाठकले सबै लाई जानकारी दिनु भएको थियो । कुल बजेटमा बर्दघाट नगरपालिका बाट ५०% र संघिय सरकारको तर्फ बाट ५०% गरि काम सम्पन्न हुने कुरा बर्दघाट नगरपालिकाकाे मेयर धिरज बस्यालले जानकारी दिनु भयो ।

हामी जनताको हितमा सदैव तत्पर रहने छौ र जनताले पनि बिकास निर्माण को काम हुदा हामी संग सहकार्य गरेर सहजिकरण गरिदिनु हुन पनि अनुरोध गर्नु भएको छ। बिकास निर्माणको काम हुदा कहिले काहि स्थमनिय बाट बिबाद हुने हुदा बिकासको काममा ढिला हुने कुरा लाई उल्लेख गर्दै सबैले सहजिकरण गर्न आफ्नो भुमिका निभाउन पनि अनुरोध गर्नु भएको थियो।

यसै गरि वडा नं १४ वडा अध्यक्ष केशव खत्रिले पनि बिकास निर्माण को काम समयमै सम्पन्न गरेर जनतालाई आवत जावतमा सहजिकरण हुने कुरा उल्लेख गर्नु भएको थियो।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 0 Minutes 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार