२०८१ बैशाख ८ शनिबार

राष्ट्रिय युवा संघ नेपाल नवलपरासी संयोजकमा भण्डारी ।

दुबई, सन्तोष अधिकारी ।

नेकपा एमालेको जनवर्गीय युवा-संगठन राष्ट्रिय युवा संघ नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिम को १० औं ज़िल्ला भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ ।

उक्त भेला मार्फत १० औं अधिवेशन बाट संयोजकमा राम बहादुर भण्डारी क्षेत्री र सह-संयोजकमा ज्ञान प्रसाद पाठक (सन्तोष) को नेतृत्वमा २७६ सदस्यीय १० औं जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको छ।

उक्त अधिवेशनमा प्रमुख अतिथि को रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेल रहेका थिए । त्यस्तै बिशेष अतिथिमा नेकपा एमाले नवलपरासी जिल्ला कमिटी ईन्चार्ज सरिता खनाल र प्रदेश सभा साम्सद दिपेन्द्र कुमार अधिकारी रहेका थिए त्यस्तै बिभिन्न वडाका अध्यक्ष एवं प्रतिनिधि, युवा संघका वडा अध्यक्ष एवं प्रतिनिधि र बिभिन्न संघ-संस्था बाट बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन भने ज्ञान प्रसाद पाठकले गरेका थिए ।

प्रमुख अतिथि एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल द्वारा नव निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गराऊदै पौडेलले नेकपा एमाले आज एक्लो शक्तिको रुपमा स्थानीय तहको निर्वाचनको नतीजाले प्रस्ट पारेको बताए संगै मुलुकको भविष्य र जनताको सुखको निम्ति नेकपा एमाले बाहेक अन्य दल ले नसक्ने जिकिर गर्दै आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनका निमित्त सबै निर्वाचित युवा संघ का सदस्य र उपस्थित सबैमा सहयोगको निम्ति अपिल समेत गरेका थिए । यो जिम्मेवारी भंदा पनी मुलुकको भविष्य बनाउने दायित्वको रुपमा ग्रहण गर्न समेत सुझाव दिएका थिए ।

त्यस्तै ज़िल्ला कमिटी इंचार्ज, प्रदेश सभा सदस्य, ज़िल्ला अध्यक्ष लगायत सबै अतिथिहरू द्वारा नव निर्वाचित सबैमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले लाई आऊने सबै निर्वाचनमा पहिलो पार्टी र सरकारको बागडोर सम्हालने गरी जिताऊने प्रण समेत गरेका थिए ।

कार्यक्रममा करिव ३०० जना भंदा बढ़ीको सहभागिता रहेको थियो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार