२०८१ बैशाख ६ बिहीबार

सुनको मूल्य घट्यो, चाँदीको यथावत

बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो। केही दिन यता सुनको मूल्यमा गिरावट देखिएको छ। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार