२०८१ बैशाख ७ शुक्रबार

पोखरा समाज अष्ट्रेलियाले गर्यो शोक सभा तथा दिप प्रज्वलन ।

सिड्नी ।

पोखरा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्नेहरूको छाता समाज पोखरा समाज अस्ट्रेलियाले काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले सिड्नीको रकडेल भन्ने स्थानमा १७ जनवरी का दिन मगंलबार साँझ दिप प्रज्वलन गरेको हो ।

पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष तारा गुरुङले दिप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा प्रवासी नेपाली मंच, अष्ट्रेलियका आर्थिक बिभाग प्रमुख तथा पोखरा समाजका सल्लाहकार दिपक पहारी र पोखरा समाज अस्ट्रेलियाका पूर्व महासचिव समित केसी ले मन्तव्य व्यक्त गर्दै विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष राजकुमार अधिकारी, प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, एनआरएनए अस्ट्रेलियाका पदाधिकारीहरु, समाजका प्रतिनिधिहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु तथा सिड्नी वरिपरि रहेका दिग्गज एवम् प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रकाश सुवेदीले गरेका थिए भने यस्तै अष्ट्रेलियाका अन्य ठाउँ हरुमा पनि विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा मगंलबार साँझ दिप प्रज्वलन गरिएको कुरा पोखरा समाज अष्ट्रेलियाका सचिव अनिल खड़काले बताए ।

दुर्घटनामा परेका ७२ जना मध्ये ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य भईरहेको छ । सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने एकीनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ । अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।

सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ ।

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 926 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार