२०८१ बैशाख ८ शनिबार

२३० टिकटकर हरूलाई पछी पार्दै पोखराकी साबित्रि हमालले जितिन प्रथम पुरस्कार ।

बिश्वपाटी मिडिया एंड इभेंट्स प्रा लि पोखरा-कास्की द्वारा आयोजना गरीएको टिकटक नृत्य तथा एक्ट प्रतियोगिता २०७८ मा पोखरा की साबित्रि हमालले उपाधि जितेकि छन ।
उक्त प्रतियोगितामा २३० जना प्रतियोगीले सहभागिता जनाएका थिए । २३० प्रतियोगी लाई पछी पार्दै उनले नगद दश हज़ार रुपैया पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेकी छन ।
प्रतियोगितामा सबै भंदा धेरै भ्युज आऊने र भिडियोले दिन खोजेको संदेशको आधारमा भिडियोलाई बिजेता घोषणा गरीएको थियो । जसमा साबित्रि हमालको भिड़ियोमा उनतीस हज़ार चार सय भ्युज, दोस्रो हुने मोरंग ज़िल्लाको हाम्रो स्क्वाड समूहले चौबीस हज़ार तीन सय भ्युज र तेस्रो हुने गोरखा ज़िल्लाका बिवश कोईरालाले तेइस हजार भ्युज प्राप्त गरेंका थिए । प्रथम पुरस्कार नगद रु दश हज़ार, दोस्रो पुरस्कार नगद रु तीन हजार र तेस्रो पुरस्कार रु एक हज़ार पाँच सय सहित प्रमाण पत्र रहेको थियो साथै टप सात सम्म हुने लाई समेत प्रमाण पत्रको व्यवस्था गरीएको थियो ।
आज एक कार्यक्रममा बिच बिश्वपाटी टिकटक प्रतियोगिता इभेंट्सका संयोजक सुनिल खड़काले प्रथम पुरस्कार बिजेता सावित्री हमाललाई अबिर, खादा सहित नगद पुरस्कार अनी प्रमाण पत्र प्रदान गर्दै बिजेता सावित्री हमाललाई टिकटकले सभ्य समाज निर्माण गर्न, ज्ञान गुणका कुराहरू शेयर गर्न, नया कुराहरू बुझन र आफ़नो कला प्रस्तुत गर्ने एक सजीलों माध्यम रहेको र यदि यसलाइ ग़लत ढंगबाट प्रयोग गरिदा ग़लत, अपशब्द, अपराध जस्ता कुराहरुले बिकृति अनी बिसंगती बढ़ाई रहदा यो भिडियोले भने समय सापेक्ष कोरोना बिचको क़हरको कष्टकर जीवन अनी प्राकृतिक बिपत्ति बाढ़ी अनी पहिरोलाई नज़र गर्दै प्रस्तुत गरीएको नृत्यले भावुक अनी गतिलो संदेश दीएको ले नै सबैको मायाले बिजेता भएको बताए र बधाई सहित आगामी दिनमा यस्तै किसिमका संदेशमूलक भिडियोहरू प्रस्तुत गर्न प्रोत्साहन समेत गरेका थिए ।
कार्यक्रममा इभेंट्सका सह-संयोजक सुशील जिसिले बिजेता हमाललाई बधाई सहित शुभकामना व्यक्त गरेका थीए ।
कार्यक्रममा प्रमुख अतिथि ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देब बहादुर गुरुँगले भरचूयल जुम मार्फ़त यस अघी नै सबै प्रतियोगीहरू लाई शुभकामना सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रथम बिजेता साबित्रि हमालले बिश्वपाटी मिडियालाई आफ़नो कला अनी संदेश सारा संसार भरी पुर्याउन एक माध्यमको भूमिका खेलेको र यस्तै खालको कार्यक्रमहरू अझै बढ़ाएर लैजान सुझाव दिदै यो पुरस्कारले थप प्रेरणा अनी वास्तविक कलाको सम्मान र कदर गरेको बताईंन र बिश्वपाटि मिडियालाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली शिव पौडेल द्वारा संचालित आइटी कम्पनी 111iT.com, पोखराका प्रकाश सुबेदीद्वारा संचालित रोयल दरबार नेपाली अथेंटिक रेस्ट्रो-सिड्नी, प्रवासी नेपाली मंच अष्ट्रेलियाका केन्द्रीय सदस्य प्रेम प्रकाश शाहीद्वारा प्रायोजन गरीएको थियो भने अष्पाली फ़ेसबुक समुहको सहयोग रहेको थीयो ।
कार्यक्रमको संचालन इभेंट्स क्रीउ मेम्बर मिलन खड़काले गरेका थीए ।

२०७८ आश्विन ९, शनिबार प्रकाशित 1 Minute 1445 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार