
“बढ्दै गएको उमेर ”
सपनाको संसारबाट विपनाको संसारमा आउन न त बस चढनुपर्छ न त हवाइजहाजमा नै केवल व्युझिदिए पुग्छ।
ब्युजिनसाथ आँखा मिच्दै झ्यालबाट बाहिर नियाले झ्यालबाट छिमेकीको लिचीको बोट छरलंगै देखिन्थो , त्यस बोटलाई नियाली राखे । चराहरू कोई प्यार प्यार गर्दै, कोई नाच्दै, कोई गाउदै ।
नाच्दा नाच्दै एउटा चरो भूर्र उड्यो, चरा भन्दा माथि उमेर उड्यो, हो यो उमेर मेरै थियो। लाग्यो मेरो उमेरका पखेटा निकै बलिया भए। छोरी!! मामिले बोलाउनु भयो, हजुर फ्रेस भएर आउछु भने। म नित्य कर्म गर्न लागे। मुख धुँदा ऐनामा हेरे डन्डिफोर आएका थिए तर पनि मेरो मुहारको चामकलाई कदापि फरक परेको थिएन। म एकछिन सोच्न मघदा भए। अस्ति भर्खर लागेको थियो मेरो बालिका आँखाले परबाट आफूतिर आउँदै गरेको बैंस छर्लङ्गै देखाएको आज लाग्छ बैंस को सबै भन्दा मिठो सुवास चल्ने, कल्पनामा उडेर आकाश छुने, साँच्चै नै जुन तारा टिपेको सम्झिदै रमाउने उमेरमा लागे। के सधैँ यही जोस र जाँगर होला म संग? के यही तंग र चम्किला छाला होलान्?
✍ सफलता पौडेल