
पोखरा समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन बाट तारा गुरुङ अध्यक्षतामा नया कमिटी सर्वसम्मत चयन भएको छ ।
पोखरा, कास्की घर भई अष्ट्रेलियामा रहदै आएका नेपालीहरू बिचको साझा संस्था पोखरा समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन बाट तारा गुरुङको अध्यक्षतामा नया कमिटी सर्वसम्मत चयन भएको छ । समाजको उपाध्यक्षमा हेउपति गुरुङ, अर्जुन गुरुङ र सन्तोष आचार्य, महासचीवमा प्रकाश सुबेदी साथै सचिवमा अनिल खड़का र कोषाध्यक्षमा ईश्वर पहारी गरी पदाधिकारीमा सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश लामिछाने, शेर जंग गुरूङ, नबिन घायल पौडेल, सुवास गुरुङ, रविन पुन, सुदर्शन बराल, विजय आले, लिलेन सिग्देल, नरेन गुरुङ, अर्जुन न्यौपाने, जनदेश श्रेष्ठ, राजकुमार गुरुङ, नविन पौडेल र मोहन भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै गरी प्रमुख अतिथिको रुपमा पोखरा समाज अष्ट्रेलियाका संरक्षक एवं एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, अतिथीहरू एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्ट, नारी निकुंज न्यु साउथ वेल्स राज्य प्रमुख समिता गुरुङ, तमु समाज अष्ट्रेलियाका निवर्तमान अध्यक्ष दिनेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनमा निर्वाचन समितिमा प्रमुख अतिथि देब गुरुङ र सुकृति भट्ट को संयुक्त प्रयासमा सर्वसम्मत नेतृत्व सहित समाज गठन गरीएको थियो ।
अधिवेशनमा निवर्तमान अध्यक्ष राजकुमार अधिकारीद्वारा आफ्नो कार्यकालमा कोभिडको महामारीका कारण चाहेर पनी साथीभाई जोड़न चुनौती रहेको र पनी उक्त समयमा समाजले बिभिन्न सामाजिक कामहरू गर्न सफल रहेको बताए संगै सहयोगी अष्ट्रेलियामा रहेका संस्थाहरू, व्यक्तिहरू सबै प्रति धन्यवाद सहित आगामी कार्यकाल सफल पार्नका निम्ति सबैप्रति अनुरोध समेत गर्दै नव गठित समुहलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै खादा लगाएर बधाई व्यक्त गरेका थिए । त्यस्तै समाजले गरेको कामहरुको बारेमा समाजका निवर्तमान महासचिव समिट केसीले उक्त कार्यकालमा गरीएका कामहरुको बारेमा प्रष्ट पार्दै सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी नया टीमलाई बधाई सहित शुभकामना व्यक्त गरेका थिए । कोषाध्यक्ष ईश्वर पहारीले आर्थिक विवरण पेश गर्दै समाजले चाहेको भए आर्थिक संकलन धेरै गर्न सकथ्यो र त्यो भंदा बढ़ी सहयोगमा समाज लागेको बताऊदै आर्थिक प्रतिवेदन प्रष्ट पार्दै सबैले ताली बजाएर पारित गरेका थिए ।
अधिवेशनमा शुभकामना मन्तव्य युवा समाजसेवी सन्तोष आचार्य, नारी निकुंज अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका संयोजक समिता गुरुङ, एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्सका उप-प्रमुख सुकृति भट्ट र प्रमुख अतिथि देब गुरुङले समाजको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनमा नेपाली समाजमा पर्ने हरेक दुःख, सुखमा पोखरा समाज सधै साथमा रहने बिश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा क़रीब ५० जना पोखरेलिहरूको उपस्थिति रहेको कुरा समाजका सचिव अनिल खड़काले बताए ।