ए दोस्रो पुस्ताका नेताहरु हो!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…
ए दोस्रो पुस्ताका नेताहरु हो!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…
ए दोस्रो पुस्ताका नेताहरु हो!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरु आफै पनि केहि हौ कि
‘बा’ पुस्ताका परजीवी मात्र हौ!
तिमीहरुको आफ्नो पनि विचार छ कि
अझै ‘बा’हरुको पालक मात्र हौ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
कति गर्छौ यता उता लखर लखर
विना उपलब्धिको!
कति गर्छौ वार्ता एउटै पार्टी भित्र
विना निष्कर्षको!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
तिमीहरुको पनि ह्याउ छ कि
होउ बुढाहरूको लेउ!
कति आस गर्छौ अझै इतिहासको
आफै बर्तमान होउ!!
ए दोस्रो पुस्ताका नेताहरु हो!
बुढा ‘बा’हरुलाई मान देउ, सम्मान देउ
आफ्नो भविष्य नदेउ!
आफुहरु बसेर छिटो सर्बसम्मत निर्णय गर
र, यी बुढाहरुलाई सुनाइ देउ!!
आए आउछन नआए ससम्मान विदा देउ!!!
अब पनि यति गर्न सक्दैनौ भने
कति छेक्छौ हाम्रो बाटो
तिमीहरु पनि छिटो जाउ, चम्चामा पानी तताउ…