युनिटी युथ क्लब पोखराको दोस्रो बैठक सम्पन्न भएको छ । छोटों समयमै सबैको माया र साथ पाउदै सामाजिक कार्यमा अग्रसर रहेको छ ।
क्लबका अध्यक्ष सुनील खड़काको अध्यक्षतामा सम्पन्न बैठकको संचालन किरण भणडारि साथै स्वागत मन्तव्य क्लबका उपाध्यक्ष ईश्वर पहारिले गरेका थिए ।
पोखरा महानगपालिका वडा नम्बर ८ मा स्थापना भएको युनिटी युथ क्लबको दोस्रो बैठक भौतिक उपस्थितिका साथ असार २५ गते सम्पन्न भएको छ। कोरोनाका कारण देश बन्दाबन्दी भईरहेको अवस्थामा समाजमा भएको र हुने विकृती संगै स्वास्थ्य, शिक्षा, महिला अनि बालबालिकाको लागि काम गर्ने मुख्य उदश्यका साथ स्थापना भएको क्लबले आफ्नो पदाधिकारी सहित सचिवालयको दोस्रो बैठक सम्पन्न गरेको छ।
बैठकमा पदाधिकारी सहित सचिवालय सदस्य गरी १३ जना उपस्थिति रहेको थियो। आगामी दिनहरूमा क़्लबले कोरोनाको जोखिम न्यूनिकरण र बाढ़ी अनी बिभिन्न प्रकोपहरू बाट कसरी अगाडी बढ़ने र समाज रुपान्तरणमा युवाहरू कसरी लाग्ने भन्ने बारेमा केन्द्रित रहेको थियो। उक्त बैठकमा कार्यकारी पदाधिकारीहरूको पुनर्गठन समेत गरिएको छ।
पुनर्गठन भएसङै क्लबको अध्यक्षमा सुनिल खड्का नै सर्बसम्मत चयन भएका छन भने, उपाध्यक्षमा ईस्वर पहारी, महासचिवमा किरण भण्डारी सचिव, सह-सचिव र कोषाध्यक्षमा सन्दीप भुसाल, सुजन उचाइ ठकुरी, पृतम गुरुङ र दीपा राई क्रमशः चयन भएका छन भने सदस्यहरूमा अविशेक छेत्री, विशाल गुरुङ, सुवास सापकोटा, पुर्ण नेपाली, सन्तोष छेत्री र विस्णु पोख्रेल चयन भएका छन।
क्लबले आफ़नो आन्तरिक व्यवस्थापन सुदृढ़ र मजबुत बनाउनका निम्ति बिभिन्न उप-समितिहरू समेत गठन गरेको छ । जन अंतर्गत शिक्षामा सन्दिप भुसाल, खेलकुदमा पृतम गुरुङ, स्वास्थ्यमा सुवास सापकोटा र स्वयमसेवक तथा आकस्मिक प्रकोप व्यवस्थापनमा सुजन उचाई रहेका छन। क्लबले आगामी बैठकहरूमा बिना कारण अनुपस्थिति रहने साथीहरूलाई स-सम्मान बिदाइ गरी नव आगन्तुक सेवाको भावना र काम गर्न इच्छुक साथीहरूलाई अगाड़ी बढ़ाऊने निर्णय समेत सम्पन्न गरेको छ । सबै खाले छेत्रमा काम गर्न छींटो र सजिलो होस भन्ने उदेश्यका साथ बिभागहरू गठन गरिएको क्लबका अध्यक्ष खडकाले जानकारी दिए।
उनले क्लब केवल क्लबका निम्ति नभएर सामाजिक सेवाको भावनाले ओतप्रोत भएका व्यक्तिहरुको लागी एउटा अवसर भएको बताए र सम्पूर्ण क्लबमा आवद्द हुन इच्छुकहरूले सम्पर्क गरी धेरै भंदा धेरै युवा साथीहरू सहितको समाज सेवा र देश बिकासको परिकल्पना सहित लाग्न सहज हुने कुरा बताए।
क्लबले आफ़नो स्थापना संगै गत महीनामा सृजनाचोंक अवस्थित अस्थाई प्रहरी कार्यलय र पोखरा महानगरपालिका अंतर्गत रही सरसफ़ाई गर्ने कर्मचारीहरूलाई मास्क, स्यानीटाइज़र, साबुन आदि सहयोग गरिसकेको छ र बिभिन्न कोरोना बिरुद्दको अभियानमा समेत स्वयम सेवकको भूमिका निर्वाह गरी लागिपरेको छ ।