२०८१ चैत्र ८ शुक्रबार

आफनै भवनमा चिसापानी अस्पताल, चिसापानीका जनताको चाहना पुरा ।

नवलपरासी सुस्ता पश्चिम
चैत १५ ।

बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा रहेको चिसापानी सरकारी अस्पाताल भाडामा ५ बर्ष देखि सन्चालन हुदै आएको थियाे।

काेभिड -१९ को महामारीले बिश्व भरि आतंक मच्याएको बेला नेपालमा पनि ठुलो असर परेको थियो र कोभिड -१९ को बिरामिको चाप बर्दघाट नगरपालिका बासिमा बढ्न थाले पछि आफ्नो नागरिकलाई सहज होस भनेर नगरपालिकाले २ वटा टस हालेर आइसोलेसन भवन निर्माण गरेको थियो र १ बर्ष देखि सेवा सुचारू हुँदै आएको थियो।

हाल विश्व भरि कोरोना सङ्क्रमित बिरामि कम हुँदै गर्दा नेपालमा पनि सङ्क्रमित सङ्ख्या कम देखिन थाले पछि चिसापानी आइसोलेसन भवन खालि रहेको हुदाँ आइसोलेशन भवन खाली अनि चिसापानी अस्पाताल मासिक १ लाख भाडा तिरेर किन सन्चालन गर्ने भनेर बर्दघाट नगरपलिका मेयर तथा नेकपा एमाले जिल्ला सचिब धिरज बस्यालले भाडामा रहेको अस्पाताल खालि रहेको आइसोलेसन सार्ने सोच बनाएर चैत १४, २०७८ मा आइसोलेसन भवनलाई अस्पताल भवनको रूपमा उद्घाटन गर्नु भएको थियो ।

मेयर धिरज बस्यालको अनुसार चिसापानी मा नया अस्पाताल भवनको डि पि आर पनि तैयार भएको र छिटै नया सुबिधा सम्पन्न भवन बन्ने कुरा पनि उल्लेख गर्नु भएको छ।

चिसापानी अस्पाताल भवनको उद्घघाटन प्रमुख अतिथि मेयर धिरज बस्याल ले गर्नु भएको थियो भने विशेष अतिथिमा चिसापानी अस्पतालको सस्थापक अध्यक्ष शेर बहादुर आचार्य र कार्यक्रमको अध्यक्षता वडा नं २ को वडा अध्यक्ष दया दर्लामी ले गरेका थियो ।

अस्पाताल भवनको लागि भनिएको ८ बिगाहा २ कठ्ठा १२ धुर जमिन राष्ट्रिय आवास कम्पनिको नाममा वर्षौ देखि रही आएको र जमिन समंरक्षण स्थानियले गर्दै आएका थिय। राष्ट्रिय आवास कम्पनिले ५ बर्ष पहिला नै सस्तो भाउमा सबै जमिन तिमल्सिना ट्रेडर्स लाई टेन्डरमा दिइसके पछि जमिन बिबादमा आएको थियो र अस्पाताल भवन बन्न भने सकेको थिएन ।

वर्षौ देखि स्थानिय ले जमिन समंरक्षण समिति बनाउदै जोगाउने गरेको र अचानक टेन्डरमा गए पछी जनता आन्दोलनमा पटक पटक उत्रीएका थिए। त्यो जमिनमा अस्पताल बन्नु पर्छ कसैले बेच्न पाउदैन भनेर स्थानीय युवा सन्तोष अधिकारीले चिसापानी अस्पाताल बचाउ अभियान पेज समेत सन्चाल गरेर सबै जनला लाई बेला बेलामा हुने भुमाफियाको चलखेल बारे उक्त पेज मार्फत सबैलाई जानाकारी दिएर सबै लाई जमिन बचाउन सचेत समेत बनाउदै आएका थिए ।

आक ठीक ५ बर्ष पछि अस्पाताल भवन त सर्ने भयो तर जमिन सबै फिर्ता आऊने हो कि नआऊने भन्ने बिबाद सधैको लागि अन्त्य हुन्छ कि नाई भनेर जनता अझै अन्योलमा छन। जनताले सरकार मार्फत सबै जमिन फिर्ता आवस र देशकै नमुना अस्पाताल बानोस भनेर चाहेका समेत छन।

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 455 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार