![](https://bishwopati.com/wp-content/uploads/2022/03/CBED0C52-C840-47FC-B661-EF5977AE16C1.jpeg)
सिड्नी,
रूपन्देहि सामाजिक संजाल, अस्टे्लिया(RSNA) ले नयाँ वर्ष २०७९ को अवसरमा शुभ -कामना आदानप्रदान, नेपालि नयाँ वर्ष २०७९ को क्यालेण्डर विमोचन, किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १० तारिख आइतवार का दिन दिउँसो १२ वजे बाट केंड्रिक पार्क टेम्पेमा हुने भएको छ ।
उक्त कार्यक्रममा रुपन्देहि जिल्ला बाट अष्ट्रेलियामा आई बसोवास गरी रहेका व्यक्तित्वहरु र सुमदायमा काम गर्ने विभिन्न संघ-संस्थाका अगुवा प्रतिनिधि, वाल बालिका तथा अमिभावक को उपस्थिति रहने संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक दिवाकर काफ्ले ले जानकारी गराए साथै उक्त कर्यक्रम लाई थप आयाम प्रदान गर्न प्रोपर्टि प्लस र बिज बक्स ले सहयोग प्रदान गरेका छन् ।
रुपन्देहि घर भई हामी बिभिन्न पेशा, व्यवसाय अध्ययनको कारणले हामीहरु छरिएर रहेका थियौ तर संजालले रुपन्देहि बासि लाई अझ प्रगाढ भाइचारा र आत्मीयता वृद्धि गरी एकआपस विच सु-सम्बध कायम गरी मातृत्व अनी भातृत्व को वोध गराएको छ ।
जन्म भुमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाज छ भन्ने हेतुले बिभिन्न समुदायका मानिस र संस्थाहरू संग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागी परेको संजालका अध्यक्ष मुक्ति राम पोख्रेलले बिश्वपाटी लाई बताए।
सन २०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरु लाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग, स्वास्य तथा शैक्षिक सामग्री प्रदान गरिएको जानकारी गराएका थिए आगामी दिनमा पनि यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत उनले जानकारी दिए ।
साथै कार्यक्रममा सबै समाजमा रहनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरू सबै मा उपस्थितिको निम्ति अनुरोध संगै स्वागत समेत गरेका छन । कार्यक्रम धेरै भंदा धेरै जनाको अमुल्य उपस्थिति समेत रहने आकलन गरीएको छ ।
संजाल अष्ट्रेलियामा रहेका बिभिन्न नेपाली समुदाय बिचको संस्थाहरू मध्यको एक अब्बल र पपुलर संस्था समेत रहेको सिड्नी बासी कुशल गैरे ले बताए ।