२०८० जेष्ठ २० शनिबार

पूर्वडिआइजी रमेश खरेल काठमाडौंको मेयरमा उठ्ने तयारी

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन्।

नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ।

खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए।

‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन।’

गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्।

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।

अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्।

२०७८ चैत्र १६, बुधबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार