
नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्रको उद्गम स्थलको रुपमा रहेको रोल्पामा यति बेला माओबादी भित्र ठुलो हलचल भएको छ । रोल्पा माओबादीको जग समेत हो ।
नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका–२ का अध्यक्ष तथा वडाध्यक्षका आकांक्षी एवं रोल्पा जिल्लाको प्रभाशाली नेता जगबहादुर ओलीले आज माओबादी पार्टी परित्याग गरेका छन्।
भुमिगत काल देखी माओबादीको बिभिन्न तहमा रही लामो समयसम्म पार्टीमा योगदान गरेका ओलीले पार्टीबाट सहि निर्णय नभएको भन्दै असन्तुष्टि जनाउँदै पार्टी छाड्ने घोषणा गरेका हुन्।
ओलीले आज दिउँसो २ बजे रोल्पाको सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा पार्टी छोड्न लागेको बताएका छन्।
माओबादी भित्र चरम गुण्डागर्दी, नाताबाद, कृपावाद अनी डनवाद हावी रहेको र यसले सच्चा हिजो पार्टीको निम्ति काम गरेको ज्यानको बाजी लगाएर हिडेका तमाम कार्यकर्ता माथीको दमन र शोषण रहेको जसका कारण आज यो अवस्था मा आएको बताए साथै जुन पार्टिको आफ्नो भविष्य छैन सधै अरुमा निर्भर रही राजनीति गर्नु केवल डर अनी जनता बाट अनुमोदित नहुनूको पराकाषठ मात्र हो बताए ।
ओली उनी आफु मात्र नभई उनका बुवाको समेत पार्टीमा ठूलो त्याग रहेको थियो। अघिल्लो निर्वाचनमा समेत उनका बुवालाई वडाध्यक्षको उम्मेदवार बनाउने व्यापक चर्चा गरिएको भएपनि पार्टीले माथी बाट अन्तिममा अरूलाई नै टिकट दिएको थियो।
माओवादीले वडाध्यक्षका उम्मेदवारहरूको करिब टुङ्गो लगाइसके पनि अझै सार्वजनिक भने गरेको छैन गठबन्धनमा अलझेको माओबादीले के निर्णय गर्ने छ भन्ने कुराको टुंगो भने अझै लागेको छैन ।