
मोहन वैध ‘किरण’ नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा एक शिक्षकलाई कालो मोसो र जुत्ताको माला लगाएइदिएका छन् ।
लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवनगरी विद्यालय जाने लगाएतका आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले आज बुधवार खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहामा रहेको पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिक स्थलमा मोसो दल्दै जुत्ताको माला लगाएर जनकारबाही गरेको छ।
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त कुराको उल्लेख गरेका हुन् ।
साथै अनेरास्ववियु क्रान्तिकारीका नेता पावेल राईलाई उक्त घट्नामा संलग्न भनी गिरफ्तार गरिएको प्रती संगठनले घोर बिरोध एवम् आपत्ति जनाएको छ। गिरफ्तार बिद्यार्थी नेतालाई अविलम्ब रिहाई गर्न अनुरोध समेत गरेको छ।