२०८१ मंसिर २८ शुक्रबार

नेपाल फेष्टिभल नोभेम्बर १९, सिड्नीमा हुदै तयारी पुरा ।

न्यु साउथ वेल्स (सिड्नी), अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीमा आगामी नोभेम्बर १९ गतेका दिन नेपाल फेष्टिभल आयोजना हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समितिको आयोजनामा हुन लागेको उक्त नेपाल फेष्टिभल पच्छिलो समय नेपालीहरूको बाक्लो बसोबास रहदै आएको बरउडमा रहेको  बरउड पार्कमा हुने भएको छ । यस पटकको आकर्षण दिपक बज्राचार्य र उनको रिदम व्याण्ड रहेको छ भने यस बाहेक पनी विविध गतिविधि, स्टलहरु र नेपाली संस्कार अनी सांस्कृतिक प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिलाउने बताईएको छ ।

गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू साउथ वेल्स राज्य समितिका संयोजक देव गुरुंगले यति बेला प्रचार प्रसार संगै तयारी अन्तिम चरणमा  पुगेको जानकारी दिएका छन् । नेपाल फेष्टिभलमा हरेक किसिमका भाषा, संस्कृति अनी भेषभुसा लगायतको समग्र कार्यक्रमहरु समेट्नु पर्ने बिषयमा सिंगो समिति लागी रहेको बताए । साथै यस कार्यक्रमले बिदेशी भुमीमा व्यस्त समय, परिवार बाट टाढ़ा, चाडपर्व, संस्कृति, समाज सबै बाट दूरीमा रही रहदा सिड्नी अनी सिंगो अष्ट्रेलियामा रहेका नेपालीहरू बिच आफ्नोपन को आभास दिलाउने उद्देश्यका साथ आयोजना गरीएको हुदा सबै नेपाली दाजु भाई हरू ले उक्त दिन समय मिलाएर उपस्थिति हुनका निम्ति बिशेष अनुरोध समेत गरेका छन ।

नेपाल फेष्टिभल सम्पन्न गर्न स्टल व्यवस्थापनमा एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, नेपाल हाउस सञ्चालनमा डेप्युटी कोअर्डिनेटर स्वीकृति भट्ट, आईटीतर्फ सचिव विनोद कुँवर, व्यवस्थापनमा कोषाध्यक्ष भावना श्रेष्ठ, सांस्कृतिक प्रदर्शन तथा मञ्च व्यवस्थापनमा ओसेनिया महिला संयोजक उषा बारिया, परेड व्यवस्थापन एनआरएन अष्ट्रेलिया सचिव सन्ध्या शाहले संयोजन गर्ने गरी स्वयंसेवक, मेडिकल टीम, सुरक्षा निकाय लगायत बिभिन्न उप-समितिहरूको व्यवस्थापन सहित तयारी अघि बढ़ीरहेको न्यु साउथ वेल्स राज्यका सह संयोजक सुकीर्ति भट्टले बिश्वपाटी लाई बताईन ।

उक्त नेपाल फेष्टिभल आयोजनाका लागि अष्ट्रेलियाको लागी नेपाली दूतावास, न्यु साउथ वेल्स महावाणिज्यदुत को कार्यालय र नेपाल पर्यटन बोर्डको समेत सहकार्य रहनेछ । यस्तै न्यू साउथ वेल्समा रहेका विभिन्न नेपाली एवं अन्य समुदायका क्रियाशील संघ संस्थाहरू ले पनि सहभागिता जनाउने भएका छन् ।

यति बेला प्रचार-प्रसार, स्थल-अवलोकन, स्वयंसेवक, मंच, स्टल अनी मनोरंजनात्मक कार्यक्रमहरू व्यवस्थापन लगायतको आन्तरिक तयारी अन्तिम चरणमा रहेको पाईएको छ ।

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित 1 Minute 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।