२०७९ आश्विन ९ आईतवार

चस्मा 🕶👓 लघुकथा लेखक- बिमल सुबेदि (GOLDEN🐝 )

१० कक्षा पढ्दा मलाई चस्मा लगाउने उत्पात रहर जाग्यो । चस्मा लगाएर ढल्किँदै स्कुल जाने र कक्षा चल्दा सर्टमा झुन्डाएर ठाँटले बस्ने अभिलाषाले बसिखान दिएन । त्यतिबेला आफूखुसी कालो चस्मा लगाएर हिँड्नु बेग्लै पोजको विषय हुन्थ्यो । दुनियाँले के भन्लान् भन्ने धक हुन्थ्यो । कालोभन्दा सेतो चस्मा बढी प्राकृतिक लाग्थ्यो।अनि आइडिया लगाए ।आखा पोलेको बाहाना बनाएर स्याङ्जाको एउटा आखा अस्पतालमा गए। डाक्टरको पालो आउदा आखा मिचे, ताकि उनलाइ लागोस्—केटाको आखा साच्चिकै कमजोरै छन्।
“के भो आखा ?” डाक्टरले सोधे ।
“खै,एकदमै पोल्छ, आसु आइरहन्छ,अनि धमिलो पनि देख्छु
मैले झुटको श्रृंखला सुरु गरे ।
“ए,” उनले फेरि सोधे , “ कहिलेदेखि हो ?”
मैले फ्याट्ट उत्तर दिए , “ दुइ महिना भो डाक्साप् ।“
डाक्टरले यसो अनुहार हेरेर काठको फ्रेममा लेन्स राखेर
सोधे “ कस्तो देखियो ।”
अनि मैले भने, “अलि धमिलो-धमिलो देखियो त!”
डाक्टरले फेरि अर्को सिसा हालेर सोधे । मैले धमिलै देखियो भने ।
त्यसपछि पनि डाक्टरले ३ पटकसम्म लेन्स फेर्दै सोधिरहे मैले धमिलै देखियो मेरो आखा पनि पोल्न लाग्यो अहिलेत झन भने !अनि अन्तिममा एउटा लेनिस राखेर सोधे “अहिले कस्तो देखियो बाबु!”अनि मैले भने ,”वाह,गज्जब क्या दामि देखियो !!” यहि चस्मा ठिक छ मेरो लागि डाक्साब मैले फरि खुसि भयर भने !!
डाक्टकले मुसुक्क हासेर भने “ तिम्रो आखा केहिपनि भएको छैन, लौ यो दबाइ लगाउ पोल्न ठिक हुन्छ!”
पछि बुझे—अन्तिममा डाक्टरले लेन्स नै राखेका रहेनछन्!!

अनि-वर्षौपछि यि यसरि रहर पुरा गरे😊😊

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार