२०८० आश्विन १० बुधबार

सनराईज युथ क्लब अष्ट्रेलियाद्वारा मृगौला पीड़ितलाई आर्थिक सहयोग ।

डार्विन,

अष्ट्रेलियाको सिडनीमा रही भलिबल खेल मार्फत समाजमा रहेका नेपाली युवाहरू लाई एकजुट बनाई अगाड़ी बढ़ी रहेको क्लब सनराईज युथ क्लब ले मृगौला पीड़ितलाई आर्थिक सहयोग गरेको छ ।

धवलागिरी गाऊँपालिका वडा नम्बर २ साबिक सुलां गाबिस ९ बस्ने इन्द्रमान बि.क की छोरी होममाया बि.क बिगत केही समय देखी मृगौला मा समस्या आई उपचारको अभावका कारण गाऊँपालिका बाट आर्थिक सहयोग जुटाऊन र उपचार गर्नका लागी सहुलियत उपलब्ध गराऊनका निम्ति सिफ़ारिस पत्र समेत आव्हान गरेको थियो त्यसै सिफ़ारिस पत्रको आधारमा अष्ट्रेलियामा रहेको सनराईज युथ क्लबले फ़ेसबुक मार्फ़त एक ग्रुप निर्माण गरी समाजका अगुवा व्यक्तिहरू संग समन्वय गरी रु ५३,६२५ सहयोग जुटाई नेपालमा धवलागीरी गाऊँपालिकाका युवा-समाजवेसी बुद्धिमान मल्ल मार्फत पीड़ित स्वयं होममाया बिक र उनको परिवारलाई हस्तानतरण गरेको छ ।

सनराईज युथ क्लबका संस्थापक राजु गौचन र क्लबका अध्यक्ष सुरेश मल्लको नेतृत्वमा उक्त रक़म संकलन गरीएको थियो ।

आर्थिक सहयोग गर्नेहरूमाः

१, सृजन घिमिरे – $१११

२, रमेश पाण्डे- $१०१

३, सुर्य शर्मा – $७५

४, अनिल खड़का -$५१

५, शिशिर नेपाल- $५१

६, सन्तोष दाहाल -$५१

७, सरोज भण्डारी -$५५

८, सुरेश मल्ल -$५०

९, प्रकाश सूबेदी -$५०

१०, राजू गौचन- $५०

 

क्लबका अध्यक्ष सुरेश मल्लले मृगौला पीड़ितलाई सहयोग गर्न पाउदाँ आफुहरू निकै ख़ुशी रहेको र यस सहयोग कार्यमा हातेमालो गर्नुहुने समाजका अगुवाहरू प्रति धन्यवाद समेत ज्ञापन गरेका छन संगै सबैको साथ अनी सहयोगले क्लबले आफ़नो कामहरू गर्न सक्ने आर भविष्यमा समेत यी लगायत बिबिध बिषयहरूमा सकेको सहयोग गर्ने बताए ।

संस्थापक राजु गौचनले अष्ट्रेलियामा रहेका समस्त नेपालीहरू एकजुट हुने हो भने दुखी बिरामी अनी सहयोगको खाँचोमा रहेका हरूलाई सहयोग गर्न अनी घाऊमा मलम लगाउन सकीने समेत बताए अनी भलीबल खेलमा इच्छा रहेका सबै युवा साथीहरूलाई क्लबमा आवद्ध हुनका निम्ति सदैव ढोका खुल्ला र स्वागत रहेको बताए ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 1 Minute 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।