सुर्य तारा क्लब तालचोक, पोखरा, गण्डकीले गण्डकी प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता (गण्डकी-तारा) २०७८ आयोजना गर्ने भएको छ ।
कार्यक्रम मा गण्डकी प्रदेश को ११ जिल्ला बाट सहभागी गराउने र कार्यक्रमा लाई निकट भविस्यमा गण्डकी प्रदेशको नमुना कार्यक्रम बनाउने गरी तयारी गरीएको जनाइएको छ । हाल सम्म प्रतियोगिताको निम्ति निणायक मण्डल के कसरी र कसलाइ ज़िम्मेवारी दिने भन्ने विसय र बाक़ी पुरस्कार र आवश्यकीय पूर्वाधार, लागत अनी सम्पूर्ण विवरण सहित छिट्टै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।
गण्डकि तारा प्रतियोगिता यही आऊदो कार्तिकको अन्तिम हप्ता बाट सुरु हुने र मंसिर २१ मा समापन हुने जनाइएको छ । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नका निम्ति बिभिन्न उपसमितीहरू गठन गरीएको छ जसमा यातायात, सुरक्षा, अतिथि, भोजनालय, पुरस्कार, साउण्ड सिस्टम, आदि रहेको छ ।
कार्यक्रमको एक मात्रै उद्देश्य गण्डकी प्रदेश भित्रको हरेक युवाहरूलाई संस्कृति संग जोडेर नेपालको संस्कृति जगेर्ना गर्न सकिने र युवाहरू बाट आगामी यस क्षत्रमा राम्रो कलाकार उत्पादन गर्न सकिने क्लबका आजीवन सदस्य राजन सूबेदिले बताए । राजन सुबेदी स्वयं आफै कलाकार समेत हुन उनले बिभिन्न लोक दोहोरि एल्बम र बिभिन्न गीतमा संगीत समेत दिएका छन । बैठकमा आफ़नो भनाइ राखदै क्लबका अध्यक्ष विष्णु पुनले गण्डकी प्रदेश देशकै आर्थिक, पर्यटन र कलकारिता क्षत्रमा बिगत देखी नै लामों इतिहास राखन सफल क्षत्र हो र यस क्षत्रलाई अझ बिकास र टेवा पुर्याउने हेतुले यो प्रतियोगिता आयोजना गर्न लागीएको बताए । उक्त कार्यक्रमको मुल आयोजक कमिटिको संयोजक बिष्णु पुन रहेका छन ।