
पोखरा ।
युवा समाजसेवी राजन सुवेदीले आफु जनप्रतिनिधि निर्वाचित भए पश्चात प्राप्त सम्पूर्ण रकम हरू समाजसेवामा खर्च गरेका छन । उनले फेसबुक मार्फत सम्पूर्ण रकम सार्बजानिक गरेका छन ।
उनले आफ्नो फेसबुकमा निम्नलिखित कुराहरू व्यक्त गरेका छन ।
जनताको सेवा बापत पाएको सेवा सुविधाकाे रकम जनताकै हितमा खर्चेको छु ।
जय रुपा
समृद्ध रुपा र मेरा सपनाहरु ……
रुपा बनाउन लागाै , रुपा बने तपाई हामी बन्ने हाे
जनप्रतिनिधि भएपश्चात् प्राप्त गरेको सेवा सुविधाको रकम यसरी खर्च गरिएको छः
१) बिरामी जनताको औषधोपचारः रु. १००००।-
२) जन्मदिनमा वृद्धाश्रममा लत्ताकपडा र खाद्यान्न सहयोगः रु. ३००००।-
३) शान्तिदिप युवा क्लब : रु. ५०००।-
४) सिद्धार्थ स्मृति क्लब : रु. ५०००।-
६) युवा प्रोत्साहन कार्यक्रम : रु. १००००।- ( माझकोट )
७) खेलकुद महासङ्घ, गण्डकी प्रदेश : रु. ५०००।-
८) सिद्धार्थ स्मृतिको भलिबल प्रतियोगितामा टिम दर्ता (रूपा-२) : रु.४०००।-
९) कालिका मावि, रूपा- १ मा विद्यार्थी पढाइ कार्यक्रम : रु.५०००।-
१०) रूपा गाउँपालिका स्थापना दिवसमा खेलाडीलाई यातायात खर्च : रु. ३०००।-
११) पूर्व विद्यार्थी मञ्च, शिवालय मावि : रु. ५०००।-
१२) सुकल्प समाज राष्ट्रिय महाधिवेशन : रु.५०००।-
१३) रूपा- २ अन्तर्गत साविकका वडाहरूमा खेल सामग्री वितरणतर्फः
* साविक- ९ : भलिबल १ थान
* साविक ८ : भलिबल ४ थान, जाली २ थान
* साविक ७ : भलिबल २ थान, जाली १ थान (माझकोट) र भलिबल १ थान, जाली १ थान (गैरीगाउँ)
* साविक ६ : भलिबल २ थान
१४) रूपा- ४ : भलिबल २ थान
१५) रूपा- ६, भिरचोक : २ थान भलिबल, १ थान फुटबल
१६) रूपा- ६ भँगरा : २ थान भलिबल
१७) रूपा- ६ आँपुखोला : १ थान भलिबल, १ थान फुटबल
१८) रूपा- ६ आँपुखोला : भाँडाकुँडा खरिदका लागि : रु. ७५००।-
१९) रूपा- १ : भलिबल २ थान
२०) रूपा- १, देउपुरबेँसी : भलिबल १ थान, जाली १ थान (हस्तान्तरण बाँकी)
२१) रूपा- ५, आँपुखोला : भलिबल १ थान, जाली १ थान (हस्तान्तरण बाँकी)
२२) देउराली बजार रुपा ५ – बल एक थान जालि एक थान
६) रूपा- ६, तालबेँसी : भलिबल १ थान (हस्तान्तरण बाँकी )
मैले जनप्रतिनिधि भएबापतको सेवा सुविधाको सबै रकम र मेरो केही थप रकम यसरी जनताको सेवामा खर्च गरेको छु । म चाहान्छु- जनप्रतिनिधिहरूले नि:शुल्क सेवा दिनुपर्छ (सकेसम्म ) मैले रूपा बनाउने कसम खाएको छु । सकेजति बनाउने दृढ इच्छाशक्ति छ । सबैको साथ पाएमा अझै धेरै गर्न सकिन्छ भन्नेमा विश्वस्त छु । मलाई थाहा छ, माथि उल्लिखित खर्चका शीर्षकहरूमा मात्रै खर्च गरेर पुग्दैन । मलाई यो पनि ज्ञान छ, मैले योगदान गर्नुपर्ने क्षेत्रहरू व्यापक छन् । आगामी दिनमा पक्कै पनि तपाईँहरूको सुझावका आधारमा योजनागत सुधार गर्ने नै छु । यो वर्ष केही विद्यालयमा पोशाक वितरण गर्ने योजनामा छु । नयाँ सालको शुभारम्भसँगै तपाईँको टोलका विद्यालयमा आउने छु । बाँकी अर्को वर्षमा……