नोकरले बनाएको खसीको मासु खाएपछि यी २२ वर्षिय सुन्दरीले नोकरसँग तुरुन्तै गरिन् बिहे ॥
भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमि’त नभएर वास्तविक बनेको छ । पाकिस्तानका एक व्यक्तिले स्वा’दिष्ट मटन (खसीको मासु) बनाएर युवती’लाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो ।
अहिले यो जोडीको प्रेमकथा सा’माजिक सञ्जालमा निकै भाइर’ल भइरहेको छ । उनी’हरुको कुनै चल’चित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यस’पछि प्रेम भयो ।
तपाईं यसलाई एक’तर्फी प्रेमका रुपमा पनि लिन सक्नु’हुन्छ । युवती’लाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले । अनि खसीको मासु खुवा’एर आफ्नो माया जा’लमा पारेर बिहे’सम्म गर्न भ्याएका हुन् ।
यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकि’स्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्का’लाई रिक्सामा भेटेका थिए ।
तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिक’लाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।
मैले त्यो केटाको प्रति’कार गरें, हामी’बीच झगडा भयो र मैले उसलाई धेरै पिटें । त्यस’पछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलि’याले मलाई थप्पड हानिन् ।’
पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटा’भन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उस’लाई थप्पड हानें । तर त्यतिबेला उनी यति दयालु छन् भन्ने थाहा थिएन ।’ अब आउँछ कथाको रोचक भाग ।
आलिया रिक्सा’बाट ओर्लिए’पछि रफिकले उनलाई पछ्या’उँदै घरसम्म पुगेका थिए । त्यसपछि उनी फर्किए अनि भोलि’पल्ट फेरि आलियाको घर पुग्न भ्याए । रफिक आएपछि आलियाले ढोका खोलिन्, रफिक’सँग रिसा’उन थालिन् ।
रफि’क केही नबोली फर्किए । यो क्रम तीन दिन’सम्म चल्यो । त्यसपछि चौथो दिन रफिकले आलियालाई घरमा कुनै काम छ कि भनेर सोधेका रहेछन् । आलियाले दु:खी हुँदै रफिकलाई खाना पकाउने काम दिइन् । रफिकले आलिया’को घरमा प्रवेश’पछिको कथा पनि सुनाएका छन् ।
उनले भने, ‘मैले राम्ररी पकाउँछु र घरका अन्य सबै काम पनि गर्छु भनेँ ।’ आलियाको अनु’रोधमा रफिकले पहिलो दिन हांडीको मटन बनाए । आलिया’लाई रफिकको हातको खाना यति मन पर्यो कि उनी रफिकको मायामा पागल भइन् ।
आलिया’ले भनिन्, ‘जुन प्रकारको खाना पकाएर यसले मलाई खु’वाउँछ यस्तो खाना अरुले पकाउन सक्दैन् । यदि यो टाढा गयो भने, म कसम खान्छु म धेरै दु:खी हुनेछु ।’ रफिक–आलियाको आफ्नै व्यवसाय चलिरहेको छ ।