
“खप्तडी बस्नेत समाज, सिड्नी, अष्ट्रेलियाले बिभिन्न ब्यक्तिलाई सम्मान सहित सम्पन्न गर्यो तिज कार्यक्रम”
सिडनी । अष्ट्रेलिया । यहि अगस्ट ३१, २०२४ शनिबार खप्तडी बस्नेत समाज, सिड्नी, अष्ट्रेलियाले तिज कार्यक्रम सम्पन्न गरेको छ।प्रवाशको भुमिमा “हाम्रो सॅस्कृती हाम्रो पहिचान, बॅशावली जोगाउने हाम्रो अभियान” मुल उदेश्य सहित २०१९ मा शुरू भएको उक्त सॅस्था बिभिन्न बस्नेत बन्धहरूबाट शुरू भई उक्त समयको सॅस्थापक अध्यक्ष राम बस्नेत भई सॅस्था २०१९-२०२१ सॅचालन गर्नु भएको थियो।
करिब १०० जनाको उपस्थितीमा भएको तिज कार्यक्रममा नेपालबाट घुम्न आउनु भएको बस्नेत अभिभाबकहरू चन्द्रकला बस्नेत, कृष्ण बस्नेत, मैया बस्नेत, राजु बस्नेत र अम्बिका बस्नेतलाई सम्मान गरिएको थियो भने छोरिहरू तथा फुपुहरू समेत सम्मान खप्तडी बस्नेत समाज, सिड्नीको सॅरक्षक राजन कुमार बस्नेत ले गर्नु भएको थियो।
यस सॅस्थाको मुल उदेश्य भनेको बन्धुहरू बिच भाईचारा अभिबृद्दी, खप्तडी बस्नेतहरूको सॅस्कृती जोगाउने, समस्या पर्दा सहयोग आदानप्रदान सहित हाम्रो सॅस्कृती अष्ट्रेलियामा रहेको दोस्रो पुस्तालाई सिकाउने तथा हस्तान्तरण गर्ने रहेको यस सॅस्थाको अध्यक्ष बिमल बस्नेतले जानकारी गराउनु भयो।