२०८० मंसिर २४ आईतवार

मेरो देशमा💫✨ शब्द बिमल सुबेदि(GOLDEN 🐝)

हत्या हिंसा बलातकार कती धेरै मौलायो
चेतनशिल भयरपनि मान्छे बौलायो

सँस्कार जोगाऔं निहुमा बिकृति छ बढेको
अनिश्चित लकडाउनले धन पैसो घटेको

युवाजती बिदेशमा रोजगार खोज्नलाई
बुढानेता लागि परे नेपाल सक्नलाई

भनिसाध्य छैन हजुर कल्लाई बिन्ती सुनाउने
सबै जान्ने सुन्ने बोल्नै हुन्न त्यसै रिसाउने

विकृति र बिसङ्गती चारै तिर मौलाए
कलकार देशका गहना भन्थे यिनै बौलाए

बाउ भन्दा छोरा जान्ने कस्तो आयो जमना
नयाँ नेपाल बन्छ भन्थे यस्तो नमुना

स्वीजरल्याण्ड बनाउछु भनी गर्दै हिडे भाषणमा
काला धन थुपार्नलाई रैछ स्वीस बैंकमा

गरिबको दिन आउछ झै लाथ्यो लोकतन्त्रमा
आफ्ना मात्रै पोषाउदा रैछन गणतन्त्रमा

यस्तै गर्न रैछ हजुर नैतिक किताब जलाको
हत्या हिंसा ठाउँठाउँमा आगो लगाको

कोहि भन्थे सम्मृद्वि त कोहि भन्थे सीङ्गापुर
फोहोर पनि तह लाउन नसकेर भयो झिङ्गापुर

संसद भवन रङ्गशाला नेता सबैखेलाडि
जानता बने रमिते जे बोल्दिए नि बज्छ थपडि

नैतिक अनुशासन ईतिहास थन्किए
मान्छे मरे किरा सरि माखा भन्किए

अनुदानको पैसो माथी गर्छन भ्रष्टचार
सोझा सिधा जनता माथी सधै अत्याचार

महंगीले आकाश छोयो बर्खेभेलमा घरपर्यो
रोग भोक शोक सही बाँच्न कर पर्यो

झुठा आशा देखाएर चुनाव जिते नेताले
अझ खराव नेता बनाए कार्जेकर्ताले

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 0 Minutes 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार