२०८२ जेष्ठ ७ बुधबार

जीवनको रोजाइ: सही निर्णय गरौं: बिजय क्षेत्री ।

जीवनको रोजाइ: सही निर्णय गरौं!
एउटा सानो तर गहिरो अर्थ बोकेको कथा…

एकदिन, एउटा सानो कमिला एउटा अनौठो परिक्षणमा पर्‍यो। उसलाई तराजु (balance scale) को बीचमा राखियो। तराजुको एउटोपट्टी हीरा र अवसरहरू थिए—जसले उसलाई दीर्घकालीन सफलता दिन्थ्यो। अर्कोपट्टी चिनीको थुप्रो थियो—मीठो, चटकिलो, तर अस्थायी।

कमिलालाई रोज्न भनियो—“तिमी कुनतर्फ जान्छौ?”

उसले एकछिन सोच्यो, तर चिनीको सुगन्धले लोभ्यायो, र त्यो दौडेर चिनी तर्फ गयो। उ क्षणिक मीठास मा रमायो, तर केही समयपछि उसले बुझ्यो कि चिनी त सकिन्छ। तर, हीरा र अवसरहरू भने उसले गुमाइसकेको थियो।

यदि उसले चिनीको सट्टा हीरा र अवसर रोजेको भए, उसको जीवन बदलिन्थ्यो। तर, उसले तत्कालको मीठो स्वादलाई प्राथमिकता दियो र दीर्घकालीन सफलताको महत्त्व बुझ्न सकेन।

जीवनमा पनि यस्तै हुन्छ

नेपालमै हेरौं—आज राजा चाहिन्छ कि चाहिँदैन? भन्ने बहस चलिरहेको छ। कोही राजतन्त्र फिर्ता चाहन्छन्, कोही गणतन्त्रमै सन्तुष्ट छन्। तर सबैभन्दा ठूलो कुरा के हो भने—हाम्रो ध्यान कहिल्यै सही अवसर र भविष्यमा केन्द्रित हुँदैन।

हामी समय, प्रविधि र परिवर्तनलाई स्वीकार्नै सक्दैनौं। अहिलेको दुनियाँ AI (Artificial Intelligence), डिजिटल युग को हो। धेरै देशहरू AI को सहायताले आर्थिक क्रान्ति गरिरहेका छन्, तर हामी अझै पुराना विवादहरूमा अल्झिरहेका छौं।

हामी शिक्षा, प्रविधि, व्यवसाय र लगानी मा ध्यान दिने हो भने नेपाल बदल्न सक्छ। एउटा राम्राे सिष्टम बनाउन सकिन्छ, तर सधैं पुरानो सोच र भावनामा बाँच्ने हो भने, भविष्य कहिल्यै फरक हुने छैन।

सही लगानी गर्नुहोस्, फ्री कुरामा अल्झिनुहोस् नगर्नुहोस्

हामीमध्ये धेरैजसो फ्री कुराको खोजी गर्छौं। फ्री सिकाइ, फ्री टुल्स, फ्री सेवाहरू… तर के फ्रीमा पाइने सबै राम्रो हुन्छ?

सम्झनुहोस्—जुन कुरा सबै फ्रीमा पाइन्छ, त्यो सार्वजनिक शौचालय जस्तै हुन्छ। सबैले प्रयोग गर्छन्, तर कसैले सफा गर्दैन।

यदि तपाईं सही ठाउँमा पैसा खर्च गर्नुहुन्छ, ज्ञान र प्रविधिमा लगानी गर्नुहुन्छ, तपाईंको धन गुणात्मक रूपमा बढ्न सक्छ। तर यदि फ्री कुराको पछि लाग्नुहुन्छ, तपाईं कहिल्यै सफल हुन सक्नुहुन्न।

👉 राजा होस् या गणतन्त्र—त्यो भन्दा महत्वपूर्ण छ, हामी कसरी अगाडि बढ्छौं।

👉 तत्कालको सानो फाइदाभन्दा ठूलो सोच राख्नुहोस्, AI, प्रविधि, समय र अवसरहरूको सही मूल्य बुझ्नुहोस्।

मेरा आफ्नै अनुभवबाट सिकेको कुरा—सही निर्णय लिनुस्, सही ठाउँमा लगानी गर्नुस्, अनि सकारात्मक सोच राख्नुस्।

भविष्य तपाईंको हातमा छ, तर निर्णय आज नै लिनुपर्छ!

#merosoch 6 – Bijay Chhetri

२०८१ चैत्र १५, शुक्रबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार