२०८१ फाल्गुन ७ बुधबार

शिर्षक:दोधार शब्द: प्रकाश पौडेल (सरकार)

जिन्दगी को जाल झेल मा रुमल्लीएको म समय को गति पछ्याउँदै गर्दा दुई कुरा सुन्छु हतार मा भन्न सकिन्न सुस्तै गए अवश्य पुग्छस म कसको सुनौ हतार गरौं या नगरौं हतार को भरोसा हुँदैन पछि सम्म हुन्छु भन्ने हरु बीच बाटो मै हराए जान्छन् म अब प्रतीक्षा को फल मीठो हुन्छ भन्ने कुरा को पनि भरोसा गर्न सक्दिन एकैपटक मा सबै कुरा कसरी उपलब्ध हुन्छन् म आफ्नो जिन्दगी बनाऊ या तिमीलाई आफ्नो बनाउ सपना सार्थक बनाउन समय चाहिन्छ र समय सापेक्ष चल्न सामर्थ्य र सामर्थ्य बनाउन आधार चाहिन्छ र आधार बनाउने क्रम मा म दोधार मा छु तिमी आफै भन म हतार गरौं या सुस्तै जाऊ म आफ्नो जिन्दगी बनाउ या तिमीलाई आफ्नो बनाउ भन्न जति सजिलो गर्न कहा हुन्छ जन्म पछि जिन्दगी ले सराप्छ् यत्तिकै मर्न कहा हुन्छ हतार नै हतार मा कतार पुगेको मेरो दाजु भाइ जिन्दगी को काचुली फेर्न जान्छ आकाश को बाटो हुँदै अन्तन् फर्केको देख्छु बाकस मा पैसा को साटो हुँदै आमा बाबुलाई रूहाउन हुँदैन पाप लाग्छ रे भन्छन् यदि म नै भइन भने तिमी आफै भन मेरो पृथक शरीर देखेर झरेको आँशु को पाप कसलाई लाग्छ भन त म हतार गरौं या सुस्तै जाऊ आफ्नो जिन्दगी बनाउ या तिमिलाइ आफ्नो बनाउ म एक्लै छैन म संग सबै छन् मैले सबैको सुन्नु पर्छ उनीहरूले भने झै हुनु पर्छ सबै हासेको बेला मा रुनु राम्रो हुँदैन मित्र मन होस् नहोस् खुसी हुनु पर्छ आफ्नो लागि छुट्टै समय निकाल्नु अनी रुनु पर्छ म खुद मेरो होइन तिमिलाइ कसरी आफ्नो बनाउ जीवन को कथा जन्माउने लाई सोध जलाउने लाई होइन तिमी जन्मन लाग्ने समय जति प्रतीक्षा गर्न सक्दैनौं जलाउने संग तिम्रो समय मिल्छ
धान फल्न हो बेर लाग्ने चामल बने पछि अगेनो मा पाक्न बेर लाग्दैन म तिमिलाइ समय मै सबै हुन्छ भनेर कुराउन सक्दिन हतार मा जाऊ या बिस्तारै खुट्टा तान्ने हरु ढुंगा हान्ने हरु म संग पनि छन् मेहनत ले सफलता पाए ठिकै हो तारिफ हान्ने हरु पनि छन् सफलता नपाए पीठ पछाडि अर्कै कुरा भन्ने हरु पनि छन् माया ले मन खोज्ने केही समय हो पछि घर खोज्छ समय सापेक्ष रहर खोज्छ तिमी आफै भन म हतार गरौं या सुस्तै जाऊ जिन्दगी बनाउ या टिमलाई आफ्नो बनाउ जिन्दगी को किताब मा पाना हरु कोही च्यातिएका कोही डढेका छन् कुनै पाना हरु यत्तिकै विलीन भए समाल्दा समाल्दै समाल्नै सकिन तिमी पनि बिस्तारै मेरो जिन्दगी को नया पाठ को पाना मा समावेश हुँदै छौं थाहा छैन खुसी छौं या रुँदै छौं अनुमति सहमति गर्ने आधार भएन अन्तत तिमी नया पाठको रूपमा मा समावेश हुँदै छौं मन मा माया अनी अझै जीवित छ तिम्रो लागि सद्भावना समय सापक्ष जिन्दगी संग गर्न नसक्दा सामना अन्त कतै राम्रो देख्छु तिम्रो भविष्य तिमिलाई अग्रिम शुभकामना बिदा गर्दै मलाई सधैंलाइ जा भन तिमी आफै भन म हतार गरौं या सुष्टै जाऊ जिन्दगी बनाउ तिमिलाई आफ्नो बनाउ!!!

२०७८ आश्विन १७, आईतवार प्रकाशित 0 Minutes 1010 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।