२०८१ बैशाख ८ शनिबार

एक शिक्षकले बिद्यार्थीमाथी चड्कन् १५ दिन आराम गर्न चिकित्सकको सुझाव!!!

बुटवल, भदौ१३ । बुटवलको सुख्खानगरमा रहेको दिप बोडिड हाई स्कुलका एक शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई कानमा चट्कन हानेपछि १५ दिन सम्म आराम गर्नुपर्ने भएको छ।

विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझिलाई चट्कन हानेको असरका कारण बिद्यार्थीले १५ दिन स्वास्थ्यलाभ गर्नुपर्ने अवस्था आएको अभिभावकको गुनासो छ।

तिलोत्तमा वडा नं. ५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझिले बताईन। कक्षामा हासेको भन्दै कानको माथीपट्टि चडकन लगाईएछ दुखाई बढी भयो भनेपछि चेक गराउन गएको डाक्टरले आराम गर्नुपर्छ भन्नु भएको छ उनले भनीन्।

यसअघि पनि आफ्नो छोरा माथी विद्यालयमा शिक्षकले कुटपिट गरेको उनको गुनासो छ। उनले यस पटक पनि शिक्षकबाट कुटाईखाएपछि घटना बारे बुज्दा आफुलाई विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले थर्काएको समेत बताईन।

फिजिकल पोलिसमेन्ट दिन नपाईने भएपनि विद्यालयका शिक्षकले पटक पटक विद्यार्थीहरुलाई कुटपिट गरेकाले उक्त विद्यालयमा विद्यार्थीहरु अशुरक्षित भएको उनको भनाई छ।
‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबावुहरुलाई पढन पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोबैज्ञानिक त्रास बढेको छ। मनोविज्ञानमा गम्भिर असर परेको छ। यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भिर बन्नुपर्छ।’ मैले अव छोरालाई त्यहां पढन पठाउने की नपठाउने ? उनले भनिन्।

उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको चन्दा रायमाझिले बताईन। विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले भने आफुलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 0 Minutes 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार