२०८१ बैशाख १८ मंगलवार

ढिकुरपोखरी कास्की खेलकुद समितिको अध्यक्षमा भण्डारी-करातेलाई बिशेष पहल ।

ढिकुरपोखरीमा जाग्यो कराते अब एक घर एक खेलाडी बनाउने भण्डारीको लक्ष्य ।

अन्नपूर्ण गाउपालिकाको रंगशाला मानिने माछापुच्छ्रे मा वि को खेलमैदानमा यतिबेला मैदानको स्तर अनुसार खेलाडी विहिन भएको छ । गाउँ मा भएका युवाहरु विदेशीनु र उच्च शिक्षा हासिल र रोजगारका लागि बजार पसेका छन भने बाकी गाउमै रहेका युवालाई पनि खेलकुदमा खासै आकर्षित नभएको पाइएको अवस्थामा करिब ७ वर्ष अगाडि सोही ठाउमा कराते प्रशिक्षण गराएका कराते प्रशिक्षक तथा केन्पो काई नेपालका सदस्य एवं युवा समाजसेवी किशान भन्डारीले फेरि नयाँ जोश जागरका साथ नया तरिकाबाट कराते प्रशिक्षण गर्ने सोचमा छन। उनले भनेका छन अब ढिकुरपोखरीमा बाटो, बत्ती, बिध्यालय मात्र सबै सम्भव छैन त्यसलाइ व्यवस्थापन गर्न शारीरिक हिसाबले पनी दुरुस्त हुन जरुरी रहेको हुदा खेल बिशेष गरी कराते प्रशिक्षण गराउने उद्देश्य लिएका छन साथै एक घर एक खेलाड़ी उत्पादन गर्ने समेत सोच लिएका छन ।

ढिकुरपोखरीमा शिक्षा, खेलकुद जस्ता अवाश्यक चिजमा समुदायको चासो भयो भने अवस्य यी चिज प्रभावकारि हुन्छन र समाज रुपान्तरण गर्न महत्त्वपुर्ण भुमिका खेल्छ भन्ने बिश्वासका साथ ढिकुरपोखरी खेलकुद समिती गठन गरिएको छ ।

समितिमा चयन भएका नाम क्रमशः  अध्यक्ष – कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष – तुलसी भण्डारी, सचिव किशान भण्डारी, सह सचिव बबिता बास्तोला, कोषाध्यक्ष बालकुमारी भण्डारी, सह कोषाध्यक्ष बिष्णु शर्मा गरी कुल ३३ कमिटी सदस्य गठन भएको छ ।

समग्र खेलकुद र खेलकुद गतिविधिको प्रत्यक्ष निगरानी, व्यवस्थापन र संरक्षण यो समितीले गरे पनि हाललाई भने कराते मात्र सन्चालन हुने भएको छ ।

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 494 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार