२०८१ फाल्गुन ६ मंगलवार

एनसीसी द्वारा शुभकामना आदान प्रदान सहित दशै कप सम्पन्न

एनसीसी द्वारा शुभकामना आदान प्रदान सहित दशै कप सम्पन्न

अष्ट्रल नेप्लिज कम्यूनिटि क्लव (एएनसीसि )को आयोजनमा शनिवार एक कार्यक्रमको समारोह विच क्रेक पार्क अष्टल प्ले ग्राउण्ड मा विविध कार्यक्रमका साथ वडादशैको अवसरमा शुभ कामना आदान प्रदान , सकर कप , किड्स फण्ड प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड ,फेस पेन्टिङ बुवा आमाका लागि म्यूजिकल चेयर , घैटो फोर्ने साथमा मनोरजतात्मक राफल चिट्ठा कृयाकलापका साथ कार्यक्रम सम्पन भएको छ
क्लवका अध्यक्ष सुनिल पराजुलिको अध्यक्षता तथा नेपालि अभिभावक समाज अष्ट्रेलिया अष्ट्रल का अध्यक्ष मुरारी प्रसाद घिमिरेको प्रमुख आथितवमा भएको सो कार्यक्रममा क्लवका सामुदायिक कोडिनेटर कृष्ण के सि को संयोजन एवं समन्वयमा २ चरणमा गरी कार्यक्रम सम्पन्न भएको थियो अष्ट्रल क्षेत्रमा रहनु भएका नेपालि अभिभावक बुवा आमा दाजु भाई दिदि बहिनि तथा बालवालिका को वाक्लो उपस्थिति रहेको सो कार्यक्रम मा तिन वटा समुहरु क्रमश सगरमाथा , अन्नपूर्ण , कन्चनजङ्गा विच 3 घण्टा बढो रोजक प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको थियो जसमा अन्नपूर्णका क्याप्टेन पारश भहराई कचनजङ्गा को क्याप्टेन निराजन श्रेष्ठ र सगरमाथा टिमको क्याप्टेन विवेक लुइटेल खेलको नेतृत्व गरेका थिए जसमा अन्नपूर्ण को टिम प्रथम ,सगरमाथा टिम रनर अप र तृतिय कन्चनजङ्गा भएको थियो जसमा फुटवलमा म्यान अफ द टुनामेन्ट पारस भहराई भएका थिए जसमा विजेता तथा सबै खेलप्रेमि तथा अन्य कृयाकलाप मा उष्कृत भएका वालबालिका तथा व्यक्तित्वहरु लाई प्रमुख अतिथि घिमिरे ज्यू ले पुस्कार मेडल वितरण गर्नु भएको थियो साथै आफ्नो धारणा व्यक्त गर्दै क्लवले छोटो समयमा पनि युवाहरुलाई समेटि सामाजिक एवं परोपकारी कार्य गरेकोमा खुशि व्यक्त गर्दै कार्यक्रमको सरहना गर्नु भएको थियो यस्तै अर्को अतिथि फेन्का न्यु साउथ बेल्थ का डेपुटि कोडिनेटर एवं आरएन एस अस्टेलियाका संरक्षण मुक्तिराम पोखरेल ज्यू ले आफ्नो धारणा राख्दै
सामाजिक रुपान्तरण गरी युवा वर्गलाई एकिकृत गर्दै खेलकुद तथा सामुदायिक गतिविधिमा सामाजिक कार्य मार्फत आयाम थप्दै काम गर्दै अगाडि बढेकोमा प्रशंशा गर्दै क्लवले गरेको कार्यको सरहाना गर्नु भएको थियो यस्तै अर्को समाजसेवि एवं अभिभावक समाजका सकृय सदस्य भरत बहादुर खड्का ज्यूले आफ्नो मन्तव्य दिदै यस क्लवले आगमि दिन महिला शशक्तिकरण नेतृत्व विकास सहित सामुदायिक गतिविधि लाई पनि अगाडि बढाउन सुझाव विदै क्लवले हाल सम्म गरेका कार्यको प्रशंसा गर्नु भएको थियो संस्थाका अध्यक्ष सुनिल पराजुलि ले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम लाई सफलिभूत बताउन सहयोग गर्ने टिम का साथिहरु , मिडिया कर्मौ , अभिभावक समाज , स्पोन्सरदाता खेलाडि एवं अस्ट्रल वासि समस्त आमा बुवा दाजु भाई दिदी बहिनि ज्यू लाई विशेष धन्यवाद दिदै आफ्नो मन्तव्यको क्रममा युवाहरु परिवर्तनका संवाहाक हुनु जसले यूवाहरुमा भएको ज्ञान सिप र दृष्टिकोण क्लवले आफ्नो संस्कृत्ति मार्फत एकिकृत्त सामुदायिक योजना बनाई विभिन्न सरोकारवाला सँग सहकार्य गरी कार्य गर्ने छ भन्ने धारणा व्यक्त गर्नु भयो थियो भने सो कार्यक्रम लाई सफलिभूत पुऱ्याउन विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि साझेदारी गरी सहयोगी हातहरु अगि बढाएका थिए जसमा कमःश द गिल्डफर्ड एक्सप्रेसो र टप सेल्फ कफि एण्ड किचनका प्रोपराइटर अनिल जङ थापा रे प्रोपट्रीका निराजन श्रेष्ठ ,गुरुङ सुटलेस एण्ड ट्रावल्सका विष्णु गुरुङ्,सेज होम लोनका समिर श्रेष्ठ , डिजाइन ल्यावका किजन महर्जन ,कोच डिल खड्का लगायतका व्यक्ति तथा व्यवसायिक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोगि भुमिका खेलेका थिए |

२०८१ आश्विन १३, आईतवार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।