२०८० जेष्ठ २० शनिबार

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते!!

दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार