२०८० चैत्र १६ शुक्रबार

चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने!!

काठमाडौं । आगामी चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन् ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा आवश्यकमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन् ।

मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९ सय ६० जनशक्ति आवश्यक पर्ने आयोगले जानकारी दिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार सात सय हुने अनुमान गरेको छ ।

स्थानीय चुनावमा २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएको थियो । प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन् । मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ ।

चुनावमा एक सय ६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहने छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार चार सय ८५ कर्मचारी नियुक्त हुने छन् ।

मतगणनाका लागि आयोगले दुई हजार चार सय ७५ जना कर्मचारी आवश्यक हुने आयोगको भनाइ छ । मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन गरिने भएको छ ।

२०७९ भाद्र १५, बुधबार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार