२०८० चैत्र १६ शुक्रबार

निषेधाज्ञा हटाउनेबारे आज निर्णय हुँदै

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले स्मार्ट लकडाउनको मोडालिटि परिवर्तनबारे निर्णग गर्ने भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा आईतबार छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले आज पुनः बैठक बस्ने भएको हो ।

अहिले विहान ९ बजे बस्ने भनिएको बैंकले अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा बैठकमा छलफल गर्ने भएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउन लागिएको बुझिएको छ ।

सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

पछिल्लो २४ घन्टामा काठमााडौं उपत्यकामा ४ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका १९ सय २० जना मध्ये काठमाडौंमा मात्र ४२४ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये काठमाडौंका २९२, ललितपुरका १०० र भक्तपुरका ३२ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९  पुगेको छ ।

मन्त्रालयको अनुसार आज नेपालमा १ हजार ९ सय २० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या नेपालमा ६ लाख ३४ हजार २४६ पुगेको छ । आज जम्मा ६ हजार जनामा गरिएको परीक्षण बाट १३ सय ५३ जना पिसीआर विधिबाट र ५६७ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । दिनहु जसो संक्रमण बढ़ेको अवस्था छ तर पनी जन गुनासो व्यापक रुपमा के खाने र के गर्ने भन्ने बिसयले निकै अपठयारो पारेको कुरा एक अधिकृतले बताए । त्यसैले सबै कुरा लाई मध्यनज़र गर्दै परिमार्जित गर्दै खुकूलो बनाउने कुरामा जोड़ दीएका छन ।

२०७८ असार १४, सोमबार प्रकाशित 0 Minutes 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार