२०८१ बैशाख ४ मंगलवार

एमालेको चुनाव चिन्ह सूर्य अब नरहने ।

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।
आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।
अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।
राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।
तर अहिले नै परिवर्तन गर्नुपर्ने भन्ने चाही होईन यद्दपी उल्लेखित चिन्हहरू राख्न नपाइने र राखेको भएपनी परिमार्जन गर्नुपर्ने अवस्थाका कारण एमालेको सूर्य चिन्ह रास्ट्रिय झण्डा भित्रको चिन्ह परेको हुनाले अब निर्वाचन आयोग मार्फत यस्को अन्तिम फ़ैसला र निर्देशन भने आऊने सम्भावना रहेको एक कर्मचारीले बिश्वपाटीलाई बताए ।
बिभिन्न राजनैतिक पार्टीहरूको आफ्नो चुनाव चिन्ह देश नेपालको सार्वभौमसत्ता संग जोड़ीएको हुदा यसले भिन्नता र राष्ट्रियतालाई राजनैतिक द्रीस्टीले हेर्ने गरीएको पाईएको छ । राप्रपा लाई भने आयोग बाट पत्र गईसकेको अवस्था रहेको छ ।

२०७८ माघ १०, सोमबार प्रकाशित 0 Minutes 680 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार