२०८१ बैशाख १२ बुधबार

काठमाण्डौलाई सिड्नीबाट हेर्दा ।

✍️ पोखरा, नेपाल ।
काठमाण्डौलाई सिड्निबाट हेर्दा!
नेपाल राष्ट्रको राजधानी काठमाण्डौ बिशेष मौलिक कला,धर्मिक बिबिधता,आर्थिक महत्ब र छुट्टै सॅास्कृतिक महत्ब बोकेको शहरको रूपमा चिनिन्छ।हाल सन २०२१ को डाटा अनुसार काठमाण्डौको जनसॅख्या १५ लाख पुग्न लागेको देखिन्छ जुन सन २०२० भन्दा ३.५%ले बढी हो।काठमाण्डौलाई नेपाल मण्डला पनि भनिन्छ र यो नेबार समुदायको घर भनेर पनि चिनिन्छ।काठमाण्डौलाई नेपालको पर्यटन घुम्नको लागि प्रबेशद्दबार क्षेत्रको रूपमा पनि हेरिन्छ बिभिन्न हिमालहरू चड्नको लागि नेपालको प्रबेश सहरनै काठमाण्डौ हो।सन २००८ मा नेपालमा संघिय गणतन्त्र घोषणापछि अहिले बागमति प्रदेश अन्तरगत प्रर्दछ।यॅाहा चर्चा गर्न खोजिएको के हो भने यति सुन्दर सहरको रूपमा चिनिदॅा पनि अहिले यसलाई जसरी बिकाशको नाममा र स्मार्ट सिटीको नाममा साश फेर्न पनि गार्हो हुने गरि धुलो ,कुनैपनि मनोरन्जनात्मक कार्यको लागि पार्क,पैदल यात्रीको लागि बाटो र बिशेष क्षमता भएको हरूलाई सुबिधाको सम्बोधन हुन नसक्नुलाई सिड्नि जस्तो सहरहरूले कसरी ब्यबस्थापना गरिरहेको छ भनेर चर्चा गर्दा उपयुक्त हुने देखिन्छ।भारतको बैंग्लोरलाई आईटीको सहर,मुब्बईलाई ब्यापारिक सहर,कलकत्तालाई बित्तिय अघ्ययन क्षेत्र र दिल्लीलाई ब्यबस्थापकिय सहरको रूपमा बिकाश गर्दै गएको देखिन्छ।
अष्ट्रेलियाको बिभिन्न सहरहरू मध्य सिड्नीलाई कसरी १) शिक्षा र स्बास्थ्यको सहर २)समाजिक न्यायको सहर ३) अबसरको सहर ४)सफा हरित सहर को रूपमा ब्यबस्थापन गरेको छ ।काठमाण्डैमा थप्नु पर्ने ५)सॅकृतिको सहरको रूपमा यि ५ मुख्य बॅुदाहरूमा परिणत गर्न सक्ने अहिलेको प्रबिधी मैत्री क्षमता सहितको नेतृत्ब खोजिरहेको देखिन्छ।

१) शिक्षा र स्बास्थ्यःसॅसारभरिको अधॅकाश राष्ट्रहरूले शिक्षा र स्बास्थ्यलाई प्रत्येक मुलुकको आफ्नो सॅबिधानमा मौलिक हकको रूपमा प्रतृत गरेको हुनाले सिड्निमा पनि स्बास्थ्यलाई आफ्नो नागरिक लाई सरकारी स्बस्थ्य बिमा सहितको निशुल्क कार्डको ब्यबस्था गरेको छ र काठमाण्डौमा पनि अहिले शुरू हुदै गर्दा चेतना र शिक्षाको आभाबले त्यति धेरै प्रभाबकारिता देखिदैन त्यसैले निशुल्क सामान्य चेकजॅाचको लागि स्बास्थ प्ररिक्षण को शुरूबात गर्नु पर्ने देखिन्छ।शिक्षा त काठमाण्डौमा निजिकरणको कारणले गर्दा च्याउ जसरी निजी बिधालयहरू स्थापना भएको देखिन्छ भने त्यसबाट मनलागि शुल्क असुलि देखिन्छ त्यसलाई प्रभाबकारि नियगमन गर्नु पर्ने छ जुन सिड्निमा यॅाहाको नागकिलाई प्राय नगन्य शुल्कमा अध्ययन गरेको पाईन्छ र सर्टिफिकेट लागि भन्दा पनि ब्यबसायिक र क्षमता अभिबृद्दि प्रयोजनको लागि शिक्षालाई लिएको देखिन्छ।
२) समाजिक न्यायको शहरःपर्यटनलाई आकर्षण गर्ने र घुम्न जानु अघि सहर कतिको शुरक्षित छ र कुनै धटना घटेमा सरकारी तहबाट न्याय कत्तिको शुरक्षित छ भनेर हेर्ने गरिन्छ।सरकारी सॅयन्त्र कतिको चुस्त दुरूस्त छ भनेर पनि हेर्ने गरिन्छ सॅकारको मुख्य आर्कषणको सहरहरू मध्य सिड्नीलाई पनि शुरक्षित सहरको चौथो नम्बरमा आउछ त्यसरीनै काठमाण्डौलाई पनि समाजिक न्यायको क्षेत्रको रूपमा बिकाश गर्न जरूरि देखिन्छ।
३) अबसरको शहरः
अहिले काठमाण्डौमा अबसर पाउन र शुरू गर्न निक्कै झन्झटिलो र अफ्ठयारो प्रकिया छ कुनै कम्पनी दर्ता गर्न होस अथबा नॅया आईडियाहरूलाई प्रमोट गर्नको निमित्त अहिले पनि बन्द हड्ताल र राजनितिक चन्दा आतॅन्कले अबसर शुरू गर्न डर मान्वे गर्छन।प्रत्येक टोल र चोकचोकमा २४ घन्टा प्रहरी निगरानी बढाउने र शुरक्षाको प्रत्याभुति गराउन सके काठमाण्डौ पनि नॅया अबसरको शहरमा रूपान्तरण हुन सक्छ।काम गर्ने र काम लगाउनेको बिमा को शुरक्षा गराउने सरकारी न्यूनतम तलब दिएको छ कि छै फेयर बर्सको सरकारी नियन्त्रक सॅयन्त्र बनाएर नियमन गर्नालेनै सिड्नीलाई अबसरको सहर भनेर नि चिनिन्छ।

४)सफा हरित सहरःस्बाथ्यनै मानब जिबनको मुख्य सम्पती भएको कारणले अहिले काठमाण्डौ जत्ति प्रदुषण धॅुलो र धुवा छ त्यसबाट पनि मानिस आजित त र बाहिर बाट घुम्न जानको लागि मुख्य समस्यालाई त्यही धुलो र धुवालाई हेर्ने गर्छन ।अहिले काठमाण्डौको एयर को गुणस्तरनै अत्ति खराब सहरहरू मध्यमा पर्दछ त्यसैले प्रत्येक दिन बिहान एकपल्ट सरसफाई गर्ने स्थानिय सरकारहरू मिलेर र प्रत्येक टोल र प्रत्येक घर तथा सडकमा रूख अभियान शुरू गर्ने उधोगहरूलाई निरिक्षण गर्ने र कति मात्रमा धुलो र धुवॅा निकाल्न दिने भनेर नियम बनाउने र निरिक्षण गर्ने गर्दा सहर सफा हुने र अहिलेको अबस्था केहि हद सम्म हट्ने देखिन्छ।

५) सॅकृतिको सहरःशुरूबातमै पनि मैले भनिसकेको छु कि काठमाण्डौ भनेको कला सॅकृति र नेबारी समुदायको नेपाल मण्डला भनेर चिनिन्छ तर बिस्तारै अब्यबस्थित सहरीकरणले गर्दा नबारी समुदायको बिभिन्न चाड र सॅकृतिलाई स्थानिय सरकारले प्रत्येक टोलमा प्रबिधी सॅग जोड्दै आफ्नो टोल समुदायको सॅकृति र पर्वलाई प्रबर्धन र शुरक्षित गर्ने र बिभिन्न खानाहरूलाई प्रमोट गर्ने जस्तो कि जुजु धौ।यस्तो सॅकृतिलाई प्रबर्धन गर्दानै भबिस्यको पुस्ताले निरन्तरता पाउने र सन्सार भरिको मान्छै काठमाण्डौको आदिबासीको ईतिहास बुझ्ने र पढ्ने सहरको रूपमा बिकाश हुनेछ।

✍️ बिमल बस्नेत मेकानिकल ईन्जिनियर
हाल सिड्नीबाट!

२०७८ माघ १२, बुधबार प्रकाशित 0 Minutes 475 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार