२०८१ बैशाख ८ शनिबार

सामाजिक वर्ग खासमा के हो?

सामाजिक वर्ग खासमा के हो?

१. वर्गको अवधारणा

समाजको वर्ग संरचनाको विश्लेषण गर्ने समय मार्क्सबाद, लेनिनवाद प्रधान र सहायक वर्गहरुका बीच अन्तर पैदा गर्छ । मुख्य वर्ग त्यो हुन्छ, जसको अस्तित्वको सम्वन्ध सामाजिक, आर्थिक विरचनामा हावी उत्पादन पद्धतिबाट निर्धारित हुन्छ । प्रत्येक वैरभावपूर्ण सामाजिक, आर्थिक विरचनामा दुई मुख्य वर्ग हुन्छन् । तिनीहरु दास–स्वामी तथा दास, सामन्त तथा किसान, बूर्जुवा तथा सर्वहारा हुन । मुख्य वर्गहरुका बीच वैरभावपूर्ण अन्तरविरोधहरुको समाधान विद्यमान व्यवस्थाको स्थानमा नयाँ, अधिक प्रगतिशील व्यवस्थाको प्रतिस्थापनाको माध्यमबाट गर्न सकिन्छ । समाजवादी समाजमा पनि दुई मुख्य वर्ग नै हुन्छन्,:-मजदुर वर्ग र किसान समुदाय तर, उनीहरुका बीचको सम्वन्ध संयुक्त श्रम र सहयोगमा आधारित हुन्छ ।
प्रभुत्वशाली उत्पादन पद्धतिको साथ–साथ वर्गगत विरचनाहरुमा पहिलेको उत्पादन पद्धतिको अवशेष ज्यूँउका त्युँउ रहन सक्छ । अथवा विशिष्ट आर्थिक ढांचाको रुपमा नयाँ उत्पादन पद्धतिको शुरुवात हुन सक्छ । यही सहायक तथा संक्रमणात्मक वर्गको अस्तित्वको कारण हो । अतः दास स्वामी समाजमा दास स्वमीहरु र दासहरको आधारभूत वर्ग साथ–साथ व्यापारीहरु, सुदखोरहरु, स्वतन्त्र शिल्पकारहरु, किसानहरु, ठूलो मात्रामा वर्गच्यूत तत्वहरुको अस्तित्व थियो । सामन्ती समाजमा नगरहरुको विकासको मात्रा अनुसार नयाँ–नयाँ सामाजिक श्रेणीहरुको जन्म हुँदै गयो ःखाताहरु र निगमहरुमा संगठित शिल्पकार, व्यापारी आदि । पूँजीवादी समाज र ती देशहरु जहाँ सामन्तवादका अवशेष प्रर्याप्त मात्रामा रहिरहेको हुन्छ, ठूला भू–स्वामी लामो समयसम्म अस्तित्वमा हुन्छन् र सहायक वर्गको रुपमा अहिले पनि अस्तित्वमान छन् ।
अधिकांश पूँजीवादी देशहरुमा निम्न वूर्जुवा वर्गको धेरै श्रेणीहरु हुन्छ :- साना किसान, शिल्पकार, व्यापारी आदि । संख्याको दृष्टिबाट यी ठूला सामाजिक श्रेणीहरु हुन, जसले राजनीतिक संघर्षमा कुनै पनि मुख्य भूमिका निर्वाह गर्दैनन् । यो श्रेणीका प्रतिनिधिहरुको आर्थिक दृष्टिबाट सर्वहारा वर्ग र वूर्जुवा वर्गको बीचको स्थितिमा हुन्छन् । उक्त श्रेणी वूर्जुवा वर्गको नजिक हुन्छ, किनकि,तिनीहरु पनि नीजि सम्पत्तिको मालिक हुन्छन् । तर ,अनुचित रुपबाट आर्जित नीजि पूजीवादी सम्पत्तिको विपरित उहीहरुको सम्पत्ति मूलतः स्वयम आर्जन गरेको हुन्छ, जो नीजि श्रममा आधारित हुन्छ । यसकारण निम्न वूर्जुवा वर्गको यो प्रतिनिधि सर्वहारा वर्गको नजिक हुन्छ ।
प्रधान र सहायक वर्गहरुका बीच घनिष्ट अन्तरसम्वन्ध हुन्छ । यसको कारण यो हो की प्रधान वर्ग आफ्नो ऐतिहासिक विकासका प्रक्रियामा सहायक वर्गमा परिवर्तित हुन जान्छ । र, यसको उल्टो उक्त वर्ग जो इतिहासको कुनै निश्चित तहमा सहायक हुन्छ ,समय वित्दै जाँदा त्यो प्रधान वर्गमा परिवर्तित हुन सक्छ । कुनै वर्गको प्रधानबाट सहायक वर्गमा संक्रमण यो कुराबाट निर्धारित हुन्छ कि प्रभुत्वशाली उत्पादन पद्धति समय सँगै अप्रभुत्वशाली सामाजिक, आर्थिक ढाँचामा परिवर्तित हुन जान्छ । सहायक वर्गको प्रधान वर्गमा संक्रमण यो कारण सम्पन्न हुन्छ कि,कुनै आर्थिक, सामाजिक विरचनाको गर्भमा जन्मिरहेको नयाँ सामाजिक, आर्थिक ढाँचा प्रभुत्वशाली उत्पादन पद्धतिमा परिवर्तित हुन जान्छ ।
समाजको जीवनमा विशेष स्थान तथा भूमिका राजनीतिक पार्टीहरुलाई प्राप्त हुन्छ । जो यो वा त्यो वर्ग अथवा त्यो श्रेणीको सवैभन्दा अधिक सक्रिय तथा संगठनात्क भाग हुने गर्छ । समाजको वर्ग विभाजन नै राजनीतिक पार्टीहरुको उत्पत्तिको कारण हो । तिनीहरुको भिन्न–भिन्न हित हुन्छ । राजनीतिक पार्टी सवैभन्दा अधिक महत्वपूर्ण औजारहरु मध्ये एक हो, जसको मद्दतबाट वर्ग आफ्नो हितको लागि, सत्ताका लागि संघर्ष गर्छन् । राजनीतिक पार्टीहरु वर्ग संगठनको उच्चतम रुप हुन् ।

✍️ लेखक एमाले कास्कीका प्रभावशाली र लोकप्रिय युवा नेता हुनुहुन्छ ।

२०७८ माघ २६, बुधबार प्रकाशित 1 Minute 599 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार