२०८१ बैशाख १३ बिहीबार

संसद भवनमा ओली र देउवाबीच छलफल हुँदै!!

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबफच अहिले छलफल भइरहेको छ ।

अमेरिकी सहयोग एमसीसी परियोजनाविरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेताबीच छलफल भइरहेको छ ।

 

सरकारले नै सहमतिका लागि भन्दै प्रतिनिधिसभा रोक्न आग्रह गरेपछि बैठक स्थगित गरिएपछि ओली संसद भवन पुगेका थिए ।

देउवाले सत्तारुढ गठबन्धनमा एमसीसीका लागि सहमति जुटाउन नसक्दा एमालेको सहयोगका लागि अनुरोध गरिरहेका छन् ।

देउवाले ओलीसँग भेट्दै सहयोगका लागि अनुरोध समेत गरेका छन् । यस्तै, बालुवाटारमा नै ओली र देउवाबीच वार्ता भइसकेको छ ।

एमालेले भने पहिला सभामुख अग्‍नि सापकोटालाई हटाउनुपर्ने भन्दै देउवासँग माग अघि सारेका छन्.।

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार