२०८० चैत्र १६ शुक्रबार

आजमात्र हैन सधैं तिम्रो माया महसूस गर्न सकूँ!! कविता

✍️निराजन खड्का

आजमात्र हैन सधैं तिम्रो माया महसूस गर्न सकूँ,
सधैं तिम्रो ईज्जत र कदर पाउन सकूँ!
जिन्दगीको हरेक पाईला तिमी संगै चाल्न सकूँ,
दुःख र सुख तिमि सँगै साट्न सकूँ!!

तिमी मुटु भए म धड्कन हुन सकूँ,
तिम्रो न्यानो काख मेरो सिरानी बानाउन सकूँ!
हरेक बिहानीको पहिलो सुन्दरतामा तिमीलाई देख्न सकूँ,
जिवनसाथीकाे रूपमा होईन सृष्टिकर्ताकाे रूपमा सम्मान गर्न सकूँ!

जीवन काे अन्तिम यात्रा सम्म तिम्रै साथ रहन सकूँ,
तिम्रो मुहारमा आँसु भन्दाधेरै मुस्कान दिन सकूँ!
हाम्रो सम्बन्ध जुनी भरि टिकाई राख्न सकूँ,
दुनियाँको नराम्रो नजरबाट जोगाई राख्न सकूँ॥

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित 0 Minutes 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार