२०८१ बैशाख ८ शनिबार

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाको केन्द्रीय कमिटी बिस्तार, अध्यक्षमा ओली ।

प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले आफ़नो केन्द्रीय कमिटी थप बिस्तार गरेको छ । भरचुयल जुम माध्यमबाट सम्पन्न उक्त बैठकमा क़रीब ४० जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि न्यू साउथ वेल्स राज्यका लागी महावाणिज्य दूत दीपक खड़का रहेका थिए ।
बैठक बाट केन्द्रीय अध्यक्षमा सम्राट ओली, उपाध्यक्ष बिबेक महरा र सागर पाठक, सचिव अनीश ढकाल र क़ोषाध्यक्षमा गगन केसी भने प्रवक्तामा किशोर बिस्ट चयन भएका छन ।
कार्यक्रममा ८ ओटै राज्यबाट बिध्यार्थीहरूको उपस्थिति रहेको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा एनआरएनए अस्ट्रेलियाकाे प्रतिनिधित्व जनाउदै उपाध्यक्ष देब गुरुँग, प्रवक्ता नन्दा गुरुँग साथै तीर्थ कार्किको उपस्थिति रहेको थियो । बैठकमा नेपाली समाज अस्ट्रेलियाका महासचिब संतोस आचार्य, एनपीएल अस्ट्रेलियाका अध्यक्ष निराजन गाउलि, डा. रितेश चिमोरिया, अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बैठक बाट बिभिन्न राज्यका संयोजकहरू समेत चयन गरिएको छ जस अन्तर्गत न्यू साउथ वेल्स राज्यका लागी सागर भूर्तेल, भिक्टोरियाका लागी सीद श्रेस्ठ, तासमानियाको लागी बिकास खरेल, साउथ अस्ट्रेलियाका लागी उमेश गिरी र एसिटीका लागी सूजन न्यौपाने गरि हाल लाई ५ ओटा राज्य कमिटिका संयोजकहरू चयन गरेका छन भने बाक़ी राज्यका संयोजकहरू क्रमश आगामी हप्ताहरुमा पूर्ण गर्ने गरी तयारिमा लागीएको उपाध्यक्ष बिबेक महराले बताए ।

बिभिन्न पदहरू अझै रिक्त रहेको हुदा इच्छुक बिध्यार्थीहरूले सम्पर्क गर्न सक्ने समेत बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि दीपक खड़काले नया मनोनीत पदाधिकारी, राज्य कमिटीका संयोजक र सदस्यहरूलाइ बधाई दिदै आगामी कार्यकालको शुभकामना सहित संगठनले बिध्यार्थीको हरेक मनोभावना बुझेर अगाड़ी बढ़नुपर्ने र रचनात्मक साथै दुखमा संगठन छ भन्ने भान आम बिध्यार्थी र जनमानसमा पार्नु पर्ने हूँछ साथै समाजसेवामा लाग्न प्रेरित गर्दै युवाहरूमा नया सोच र देशप्रतीकों माया अनी आफ़नो व्यक्तित्व बिकास संगै अध्ययनलाई समेत ख़्याल गरी लागनहुन सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुँगले संगठनले हाल सम्म गरेको कामको खुलेर प्रशंसा गर्दै आगामी दिनहरुमा समेत सदैब हातेमालो गर्दै अगाड़ी बढ़ने प्रतिवद्दता व्यक्त गर्दै शुभकामना ब्यक्त गरेका थिए  । त्यस्तै एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुँगले संगठनले राजनीतिक भंदा बिशुद्द बिध्यार्थीहरुको आवाज़ बोल्नुपर्ने हूँछ र समाजलाइ अगाड़ी बढ़ाऊन युवा बिध्यार्थीको ठुलो भूमिका हुने हुदा बिचार गरेर अघी बढ़न सुझाव दिदै सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दल, संस्था र बिध्यार्थीहरूले आफ़नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै सम्राट ओलिले सम्पूर्णमा धन्यवाद दिदै सबैको साथ र सहयोगले आफू थप अगाड़ी बढ़न प्रेरित रहेको कुरा बताए ।

कार्यक्रममा स्वागत मन्तव्य बिबेक महराले भने संचालन अनीश ढकालले गरेका थिए ।

२०७८ असार २१, सोमबार प्रकाशित 0 Minutes 793 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार