२०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय युवा संघ कास्कीको अधिवेशन आयोजक कमिटी अध्यक्षमा पान बहादुर जिसि चयन!!

नेकपा एमाले निकट युवा हरूको संगठन राष्ट्रिय युवा संघ कास्कीको अधिवेशन आयोजक कमिटीको अध्यक्षमा पान बहादुर जिसि चयन भएका छन ।


बृहत् कास्की ज़िल्ला युवा संघ भेलाले १०१ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ ।

    भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं युवा फाँट इंचार्ज महेश बस्नेत प्रमुख अतिथि रहेका थिए । त्यस्तै बिशेष अतिथिमा केन्द्रिय सदस्य एमाले, पुर्ब राष्ट्रिय युवा संघ अध्यक्ष एवम कास्की जिल्ला एमाले सह इन्चार्ज राजिब पाहारि, राष्ट्रिय युवा संघ नेपाल पुर्ब उपाध्यक्ष माधव बास्तोला, नेकपा एमाले केन्द्रीय सदस्य मीना कुमारि गुरुङ, गण्डकी प्रदेश सदस्य सुशिला पराजुलि, कास्की एमाले अध्यक्ष मन बहादुर गुरुङ , उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इन्चार्ज  सन्तोष रावल, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ, पोखरा महानगर सम्योजक शंकर भण्डारि, खेलकुद महासंघ कास्की अध्यक्ष दिपक गोदर, राष्ट्रिय युवा संघ केन्द्रिय आयोजक कमिटी सद्स्य बिकास अधिकारी, डिल्लीराम सुबेदि र राष्ट्रिय युवा संघ कास्की जिल्ला इन्चार्ज हरि लम्साल रहेका थिए ।

अतिथिहरुमा राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिब सुवास सापकाेटा, उप सचिब सरस्वती पुरी, लक्ष्मी अधिकारी (पुर्ब केन्द्रिय सदस्य युवा संघ, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्यहरु : बिष्णु सुबेदि, सुजा गुरुङ, पुजा देवी शर्मा, भुवन घिमिरे, आबिस्कार तिमिल्सिना, बिशाल जंग राना, सोवित परियार लगाएत बिभिन्न वडाका अध्यक्ष लगाएतको नेता हरु सहभागी रहेका थिए ।

 

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका नव निर्वाचित अध्यक्ष गणेश बस्नेतलाई प्रमुख अतिथिबाट बधाई सहित माया को चिनो प्रदान गरीएको थियो।

 

राष्ट्रिय युवा संघ नेपालका पुर्ब अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजिब पहारिले युवा देशका आधारस्तम्भ भएको बताएका छन् । सम्मेलनमा पहारिले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरे । युवाहरुले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक संक्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताए । विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उनको भनाइ थियो । अब सबै युवा सुखि नेपाली समृद्ध नेपालको सपना पुरा गर्न लाग्नु पर्छ भने कुरा उल्लेख गरे ।

राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले युवाहरुकाे हक अधिकार स्थापित का लागि निरन्तर अघि बढिरहेको छ र यसै सन्दर्भमा कास्की जिल्ला कमिटी ले स्थापन देखि निरन्तर रुपमा आफुलाइ अग्र मोर्चा का साथमा नेतृत्व गरीएको छ। अब कास्की जिल्लाको युवा आन्दोलन र पार्टीकाे सुदृढीकरण अभियानमा आफुलाई अब्बल रुपमा अगाडि बढाउने आशा व्यक्त गर्दै अब उप्रांत याे वा त्यो बाहाना मा संगठन काे गतिशीलतामा आँच आऊने गरी काम गर्न र काेशिस नहाेस् भन्ने बिचार समेत उल्लेख गरेका थिए।


भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथिले महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एक यस्तो संगठन हो जहां भोलीका दिनमा व्यावसायिक, सामाजिक जीवन हरेक किसिमको यात्रामा रहदा पनी बिगतमा म रास्ट्रिय युवा संघको सदस्य कार्यकर्ता भंदा गर्वले छाती फुलेर आउछ यो यस्तो बिरासत बोकेको युवा संगठन रहेको बताए साथै आजको नेपाली कांग्रेश हिजोको जस्तो युवा रहेन खुमचिसक्यो अब बुढो भयो त्यसैले नेकपा एमालेलाई पहिलो पार्टी बनाउनका निम्ति मुख्य कुरा युवा संघले महत्वपूर्ण भूमिका खेलनुपर्ने बताए संगै सम्पूर्ण निर्वाचित कमिटीलाई बधाई व्यक्त गरेका थिए ।

भेलामा करिब १००० बढि युवाहरुको उल्लेखनीय उपस्तिथिति रहेको कुरा राष्ट्रिय युवा संघ जिल्ला कमिटी इंचार्ज हरी लम्सालले बिश्वपाटिलाई बताएका छन ।

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार