२०८० चैत्र १६ शुक्रबार

निर्वाचन अवधीभर सकेसम्म लोगोको प्रयोग नगर्न नेकपा एमालेको अपिल, लोगो सहित ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले आऊदो बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागी कार्यकर्ताहरू माझ अपिल गरेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङ द्वारा जारी अपिल तदनुसार रहेको छ ।

नेकपा (एमाले) का कार्यकर्ताहरुमा अपिल ।
यही बैषाख ३० गते स्थानी तहको निर्वाचन हुन गैरहेको सर्वबितित्तै छ । अब निर्वाचन केन्द्रित कार्यक्रमहरु तिब्र रुपमा भैरहेका छन । कार्यक्रम्को झण्डा ब्यानरहरु बनाउँदा र सामाजिक सन्जालमा निर्वाचन सम्बन्धि प्रचार सामाग्री बनाएर पोष्ट गर्दा देहाय बमोजिम ध्यान दिन आग्रह गर्दछु ।
१. निर्वाचन आई सकेकोले निर्वाचन चिन्ह र लोगोको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।
२. निर्वाचन अवधीभर सकेसम्म लोगोको प्रयोग नगर्नुहोला । लोगोको प्रयोग लेटरप्याड लगायतका आन्तरिक प्रयोजनमा मात्र प्रयोग गर्नुहोला ।
३. ब्यानर, झण्डा र सामाजिक सन्जालको लागि तयार पारिएको प्रचार सामाग्रीमा चुनाव चिन्ह सूर्यमात्र प्रयोग गर्नुहोला ।
४. जुलुसहरुमा पार्टी झण्डा एउटामात्र प्रयोग गर्नुहोला ।
५. प्रशिक्षण, भेला, बैठक स्थल वरपर व्यापक रुपमा चुनाव चिन्ह सूर्य प्रदर्शन गर्ने ।
६. टि-सर्ट, ब्यानर लगायतमा लोगो प्रयोग नगर्ने ।
७. निर्वाचन प्रचार सामग्री व्यावसायिक रुपमा निर्माण गर्नेहरुले पनि लोगो राखेर प्रचार सामाग्री नबनाउनुहोला ।

शेर बहादुर तामाङ
स्थायी कमिटी सदस्य
नेकपा (एमाले)

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार