राजधानीको मुख्य सडक अगाडि बिनय प्रधानले छ अना घँडेरी किने । त्यसमा भब्य बंगला तथा स्विमिङ्ग पुल बनाए । ब्यवसाय पनि सानदार रूपल फष्टाएको थियो । उनको घर अगाडि विजय पनेरुको एउटा सानो छाप्रो थियो । बिहान मिर्मिरे सुरु भएदेखी त्यो छाप्रोमा बच्चाहरुको हो-हल्ला सुरु हुन्थ्यो । तर ती सुखद तवरले जीवन यापन गरिरहेका थिए । धेरै पटक बिनयले छाप्रो हटाउनलाई जग्गा निखन्न खोजे । बिजय पनेरुले बेच्नै मानेनन् । बिभिन्न राजनीति संयन्त्र लगाएर भगाउन खोजे । तै पनि सकेनन् । उनी हालत भएर थाकेपछि छाप्रो हटाउने योजना त्यही तुहियो ।
समय बित्दै गयो । बिनय प्रधान आफ़नो ब्यवसाय सम्हाल्थे । दिनभरी भागाभाग तथा मिटिङ्ग हुन्थ्यो । कहिले भनेको जस्तो परिवारको भोजन सम्म नसिप हुन्नथ्यो । अाधा जीवन देश बिदेश हिँड्दा हिँड्दै हवाइ यात्रामा बित्यो । उमेरले भने पचास टेक्यो । स्वास्थ्य गडबडीको कारण शनिवार घरमा अाराम गर्ने निर्णय बनाए । धेरै समय पछिको घरको बसाइ निकै सन्तुष्टि लाग्यो। बिहानको झुल्के घाम ताप्न उनी आफ़नो घरको छतमा पुगे । छतबाट बिजय पनेरुको परिवार पहिले को जस्तै अती खुशी देखे । उनलाई आख़िर वास्तविकता के रहेछ भन्ने जान्न मन लाग्यो ।
कहिल्यै छिमेकको छाप्रोमा खुट्टा नटेकेका बिनय प्रधान त्यस छाप्रोमा पुगे । पहिले गरेका गल्ती प्रति माफी माग्दै भने, ” म अरबौँको ब्यवसाय सम्हाल्छु । विस्वका अनेकौ सफल मान्छेसँग मेरो हर दिन हर समय उठबस हुन्छ । तर… किन हजुरहरू जति भने खुसी नै हुन सकिन ।”
जस्तो भए पनि घरमा अाएको पाहुना सत्कार गर्न मन लाग्यो । थालमा मकै भटमास दिँदै बिजय पनेरुले भने, ” ठूलाहरुका हालत जहिल्यै खराव हुन्छ । कसैले बिभिन्न धर्मलाई आफ़नो भनेर ठूलो बनाए । न त भगवान राम, कृष्ण, जीसस, बुध्द तथा मोहम्मद पैगम्बरका सन्तान जिवीत छन् । न पहिलाका विश्व विजेता सम्राटका सन्तान हरू जीवित छन् । न त शक्तिशाली जीव डाइनोसर नै जीवित छ । प्रकृतिको अनुकुलता भनेको सामान्य बन्नु हो । खुशी हुन को लागी सार्वा प्रथम आफू सामान्य बन्नुपर्छ ।”