२०८१ चैत्र ८ शुक्रबार

साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीको कोभिड महामारी रिकभरी कार्यक्रम सम्पन्न ।

कोभिड १९ महामारीपछी मानसिक स्वास्थ्य तथा व्यापार व्यवसायमा पर्ने असर न्युनिकरणका विषयमा सिड्नीमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीले न्यु साउथ वेल्स राज्यको बहुसांस्कृतिक विभागको सहयोगमा पोष्ट प्यानडेमिक रिकवरीकार्यक्रम आयोजना गरेको हो ।

क्याम्प्वेलटाउनको ईंगर्लवनमा आयोजना भएको कार्यक्रममा कोभिड १९ ले जनजिवन नराम्रो संग प्रभावित पारेको भन्दै त्यसले मानसिक रुपमा निकै असर पारेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा सो अयरबाट उन्मुक्तिका उपाय बारे विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रिकभरी कलेजको तर्फबाट मानसिक स्वास्थ्य सम्बन्धी आनाबकिंगहाम र सिन्थिया वेभले कार्यपत्र प्रस्तुत गरेकी थिइन । यस्तै अष्टलेयीन सरकारको पछिल्लो कर नीतिको विषयमा वीलीइम जुलेकार्यपत्र प्रस्तुत गरेका थिए । व्यापार व्यावसाय विकास प्रर्बद्धन सम्बन्धी कार्यपत्र क्रिस्टोफर मोनीले प्रस्तुत गरेका थिइन । यस्तै प्रहरी रसुमदाय सुरक्षाको सम्बन्धमा प्रहरी अधिकृत पौल क्रिमरले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै स्वस्थ्य जिवन शैलीको विषयमा योगागुरु भीमसेन सापकोटाले कार्यशाला तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तोताहरूले मानसिक स्थास्थ्य कायम राख्न खानपान तथा व्यायाममा ध्यान दिनु पर्ने उल्लेख गरेका थिए । यस्तै व्यपार व्यवसायसमेत कोभिडले चौपट्ट पारेकोभन्दै उनीहरूले कोबिडपछी कसरी पुरानै लयमा फर्किन सकिन्छ भन्ने विषयमा आआफ्नो योजना सुनाएका थिए ।

कार्यक्रम उद्घाटनमा मकारथर क्षेत्रका लिवरल पार्टीका संघीय निर्वाचनका उम्मेद्वार नेपाली मुलका अष्टे्लीयन नागरिक विनोद पौडेललेनेपाली कम्युनिटीको हितका लागि यस्ता कार्यक्रमको आबश्यकता भएको भन्दै आफु निर्वाचित भए सघीय संसदमा कोबिडका कारणअन्य समुदाय जस्तै नेपाली समुदायमा पनि असर परेको भन्दै संसदमा कुरा उठाउने बताए ।

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालग चान्थीभोमले न्यु साउथ वेल्सका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिती रहेको भन्दै नेपाली समुदायले अष्ट्लीयाको सामाजिक कार्यमा सहयोग गरेको भन्दै प्रशंशा गरेका थिए ।

यस्तै क्यम्बेलटाउन सिटी काउन्सिलका मेयर जर्ज ग्रेसीसले आगामी दिनमा पनि नेपाली कम्युनिटीले समाजिक सेवा लगायतकाविषयमा निरन्तरता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याम्डेन काउन्सीलकी मेयर टेरिस फेड्ली, लिभरपुलकी उपमेयर केरिसरोड्स, एनआरएनए अष्ट्ेलीया उपाध्यक्ष देव गुरुंग, कोषाअध्यक्ष अनिल पोखरेल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका संस्थापक अध्यक्षदेवेन्द्र सापकोटा, महासचिव प्रेम शाह, मेगराज पौडेल, मुरारी लम्साल लगायतले संस्थाले कोबिडको समयमा उल्लेखनीय भुमिकाखेलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष सुदिप ढकालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष चतुर्भुज खरेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रुपेन्देही सामाजिक संजालका पुर्व अध्यक्ष कृष्ण गैरे र इश्वर पोखरेल वर्तमान उपाध्यक्ष दिवाकर काफ्ले, चितवन समाजका संस्थापक अध्यक्ष सत्यप्रकाश कडेंल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका पुर्व प्रवक्ता सुर्य खनाल , सचिव प्रज्वल भट्टराई, एनआरएनए नारी निकुञ्ज अष्टेलीयाकी कोषाअध्यक्ष जिप्सना पौडेल, एनआरएनएका न्यु साउथ वेल्स कार्यसमिति सदस्य संदिप अधिकारी, सामाजिक अगुवा दिपेश चिलवाल, प्रकाश पौड्ल, भरत नेपाल लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका कोषाध्यक्ष मिनराज भूषाल पब्लिक रिलेशन ऑफ़िसर प्रकाश पौडेल सदस्यहरू बावुराम गौतम , सुजन न्यौपानेले व्यवस्थापन गरेका थिए ।

सिड्नीको साउथ वेष्ट क्षेत्रमा कम्तीमा करिब दश हजार नेपाली वसोवास गर्ने अनुमान रहेको छ । साउथ वेष्ट नेपाली कम्यूनीटी सोक्षेत्रको सबैभन्दा ठुलो नेपाली सामुदायीक संस्था पनि हो । संस्थाले यस अगाडि कोभिडबायट संक्रमित भएर आइसोलेसनमा बसेकानेपालीहरुलाई खाना तथा सेनिटाइजरको लगायत अत्यावश्यक सामग्री वितरण गरेको थियो । यस्तै संस्थाले अध्यायनका लागि नेपालबाट अष्ट्रेलीया आएका विद्यार्थी तथा घुम्न आएका अभिभावकलाई निशुल्क स्वास्थ्य तथा कानुनी शिविर संचालन समेत गरेको छ ।

संस्थाले अष्ट्रेलीयमा आगलागीबाट पीडित भएका तथा बाढीका कारण घरबार गुमएका अष्टेलीयन नागरिकहरुलाई समेत सहयोगगरेको पनि वताईएको छ ।

कार्यक्रममा एनआरएनए तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।साउथ वेष्ट नेप्लीज कम्यूनिटी सिड्नीकै आयोजनामा सो क्षेत्रमा पहिलो पटक आगामी अप्रिल ९ मा नेपाली नयां बर्षको शुभकामनाआदान प्रदान गर्ने उदेश्यले बनभोज तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने बताएको छ ।

नेपाली संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा निःशुल्क प्रवेस सँगै सहभागिहरूलाई निःशुल्क दिवा खानाको व्यावस्था समेत गरिएको संस्थाका महासचिव सुरेश रेग्मीले  बताएका छन

। लेपिंगटनको विलोडेल पार्कमा हुने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बच्चा देखि वृद्ध सम्म लक्षित कार्यक्रम र पुरस्कारजन्य मनोरन्जनातमक प्रतिस्पर्धा समेटिने आयोजक साउथ वेष्ट नेप्लीज कम्यूनीटि सिड्नीका सचिव दामोदर अधिकारीले बिश्वपाटी लाई बताएका छन ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार