२०८१ माघ १ मंगलवार

जेलेन्स्कीले बल्ल बनाए ठूलो छाती, रुस र युक्रेनको युद्धविराम यसरी हुदैछ सधैँका लागि अन्त्य !

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि युक्रेनलाई नेटोको सदस्य नबनाउने विषयमा सम्झौता गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । जेलेन्स्कीले बल्ल छाती ठूलो बनाएको टिप्पणी भइरहेको समाचारहरुमा उल्लेख गरिएको छ ।

यो सबैका लागि मान्य विषय हो । नेटोका विषयमा हामीलाई के गर्ने भनी पश्चिमलाई थाहा छैन । युक्रेन सुरक्षा प्रत्याभूति चाहन्छ । रुस नेटोको थप विस्तार नहोस् भन्छ,’ जेलेन्स्कीले बताए । आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुराकानीका लागि तयार भएको जेलेन्स्कीले बताए ।

यता राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न अनुरोध गरेका छन् । गुटेरेसले युक्रेनमा जारी युद्ध नजित्ने भन्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् । ‘यो युद्ध जित्न सकिँदैन’, गुटेरेसले भने, ‘ढिलो–चाँडो यो युद्ध रणभूमिबाट शान्तिको टेबलमा पुग्ने छ । यो अपरिहार्य छ ।’

महासचिव गुटेरेसले युद्धरत पक्षलाई तत्काल वार्तामा बस्न पनि अपिल गरेका छन् । युक्रेन युद्ध मूर्खतापूर्ण भएको पनि उनको भनाइ थियो ।

मंगलबार न्युयोर्कमा पत्रकारसँग बोल्दै उनले भने, ‘युक्रेनमा युद्ध जारी राख्नु नैतिक रुपमा अस्वीकार्य, राजनीतिक रुपमा औचित्यहीन र सैनिक रुपमा मूर्खतापूर्ण छ ।’

‘मूर्खतापूर्ण यो युद्ध अन्त्य गर्ने समय आएको छ’, गुटेरेसले थपे । युद्धका कारण एक करोड युक्रेनीले आफ्नो घर छोड्न बाध्य भएको पनि गुटेरेसले बताए । युद्धको असर विश्वभर देखिने पनि उनको चेतावनी थियो । खाद्यान्न, इन्धन र रासायनिक मलको बढ्दो मूल्य वृद्धिले विश्वभर भोकमरीको जोखिम उत्पन्न हुन सक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  source: praharnews

 

 

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।