– पोखरा ।
नेपाल कम्यूनिष्ट पार्टी समाजवादी पार्टी अर्थात् माधव नेपालको नेतृत्वमा रहेको पार्टीको बिध्यार्थी संगठन अनेरास्ववियू का सचिवालय सदस्य एवं गण्डकी प्रदेशका सचिव गोविन्द महत पुन आफ्नो पुरानो धरातल नेकपा एमालेमा समाहित भएका छन ।
महतको नेतृत्वमा करिव ३०० भंदा बढ़ी गण्डकी प्रदेश कमिटी, ज़िल्ला कमिटी हरू र क़्यामपस कमिटी हरू बाट युवा बिध्यार्थी हरू नेकपा एमालेका उप-महासचिव पृथ्वीसुब्बा गुरुङ बाट प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो संगै नेकपा एमाले निकट बिध्यार्थी संगठन अनेरास्ववियुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल र सचिव गोबिन्द महत बिच सहमति पत्रमा संयुक्त रुपमा हस्ताक्षेर गरेर समाहित भएका हुन ।
अनेरास्ववियु अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा गण्डकी प्रदेशलाई एमालेमय बनाउने उदघोसका साथ पार्टी प्रवेश गराउने अभियान चलाएका छन । उनको स्वभाव नै राजनैतिक आधारमा समाज परिवर्तन सम्भव रहेको बताउछन र नव प्रवेशी एवं पुराना साथीहरुलाई स्वागत सहित बधाई व्यक्त गर्दै केपी ओली नेतृत्वको अभियानमा लाग्न जुटन आग्रह समेत गरेका छन ।
यस अघी गोबिन्द महत नेकपा एमाले निकट अनेरास्ववियु, पोखरा-८ जनप्रिय बहुमुखी क़्यामपस कमिटीको सचिव रहेका थिए । महत तनहु जिल्ला घर भई कास्की मा अध्यन अनी राजनैतिक यात्रा सुरूवात गरेका थिए ।
जानकारी अनुसार अब को केही समयमा समाजवादी बाट उक्त पार्टिको माथिल्लो तहको नेताहरू समेत एमालेमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको पाइएको छ ।
यो संगै यति बेला तराई, पहाड़ हिमाल हरेक ठाऊ बाट एमाले प्रवेश गर्नेको ठुलो लर्को लागेको छ भरखरै मात्र अभिनेत्री करिश्मा मानन्धर सहित पूर्व मन्त्री एमाले प्रवेश गरीसकेका छन ।