
काठमाडौं ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देश प्रति भन्दा पनि आफ्नो परिवार प्रति कत्तिको मरिमेटेर लाग्नु हुन्छ भन्ने कुरा पुनः पुष्टि भएको छ ।
चितनवमा मेयर र प्रतिनिधि सभा दुवै ठाउँमा माओवादीलाई छाड्न नसक्ने चितवन कांग्रेसका नेताहरुले बताइरहेका भए पनि प्रचण्ड अन्त सबै छाडेर भने पनि आफू र छोरीको लागि चितवन छाड्न नसक्ने अवस्थामा पुग्नु भएको छ । बुधबार
भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर र चितवनमा हाम्रो दाबी छँदै छ ।’
उहाँले भरतपुरमा छोरीको उम्मेदवारी जोगाउनकै लागि महानगर र उपमहानगरपालिकाको गठबन्धनको टुंगो केन्द्रबाटै गराउन आफूले प्रयास गरिरहेको बताउनुभयो । यसको लागि गठबन्धनको बैठकमा कुरा हुने उहाँले जानकारी दिनुभयो ।