२०७४ बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन सम्पन्न भयो। त्यस बखत नेपालका बजार देखि गाउँगाउँमा उत्साह उमङ थियो लहर थियो। हरेक युवा, हरेक नागरिकलाई एउटा छुट्टै खालको आशा थियो, अभिलाषा थियो कि मैले मतदान गरेको व्यक्तिले यस्तो यस्तो विकासका काम गर्छ अथवा हाम्रो समुदायमा व्याप्त समस्याको समाधान हुन्छ, वाध्यताले रोजगारको लागि पासपोर्ट बनाउन पर्दैन, उच्च शिक्षाको लागि विदेश/ बजार गएर चर्को मुल्यको कोठा भाडा तिर्न पर्दैन, आदि इत्यादी । यस्तै यस्तै आशा अभिलाषा थिए होलान हरेक नागारिकका ।
चुनाव जितेर जनप्रतिनिधि रहेका हाम्रा जनप्रतिनिधिको पाच वर्ष कार्यकाल पनि सम्पन्न भईसकेको छ । हरेक ठाउँमा बाटाघाटा त बनेका छन के आम नागरिकले चाहेका सपना देखेका आकान्क्षा गरेका चिजहरु प्राप्त भएका छन त?? यदि छन भने तिनिहरु भाग्यमानी मतदाता हुन नागरिक हुन । हैन भने तपाइले आफ्नै खुट्टामा वन्चरो नहान्नुस तपाईंसग हरेक विकल्प छन। हामी नेपाली पछि परेको कारण लहै लहैमा लागेर हो।
अब गाउघर बनाउने पालो हाम्रो आएको छ सहि मान्छे छान्ने कि गलत भनेर। म एउटा युवा नागरिकको हैसियतले भन्दै छु कि समाजको सिङो गाउको जनप्रतिनिधिको जिम्मा दिने भनेको सानो कुरा हैन । मत खसाल्न भन्दा पहिला एक पटक सबैले आफ्नो गाउको अवस्था र समग्र गाउलेको अवस्था हेरौ र मत खसालौ।
अमेरिकाको निर्वाचनमा हरेक नागरिकले मेरो नातिको पालासम्म हुने गरि के गर्ला यो उम्मेदवारले भनेर सोचेर भोट हाल्ने चलन छ तर हाम्रो देश नेपालमा चुनावमा कस्ले खर्च गर्छ, कुन नेताको मान्छे हो, मलाई के चिजमा छुट देला, मुद्दा मामिला पर्दा कस्ले जिताइदेला भनेर हेर्नू नै हाम्रो ठूलो गल्ती हुन्छ । तेसैले गल्ती नगरौ हरेक कुरा गहन रुपमा सोचौ र निर्णय गरौ अनि बल्ल सिङो गाउको भविस्य हाम्रो हातमा हुन्छ।
✍️ किशान भण्डारी ।