२०८१ बैशाख ८ शनिबार

माधव नेपालको गृह जिल्लामै केन्द्रीय सदस्य सहित सयौंको संख्यामा एमाले प्रवेश ।

गौर, चैत्र २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगरबाटै वडाका जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ताले समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको वडा, गौर नगरपालिका वडा नम्बर १ जहाँ उहाँको पार्टीबाट गौर नगरपालिकाका मेयर उम्मेदवार शम्भु साहको समेत घर रहेको छ । गौरस्थित एमाले पार्टी कार्यालयमा एक कार्यक्रमका बीच रामजी साहसहित नवप्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका लगाई पार्टी प्रवेश गराउनुभएको हो । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश गराउदै आयोगका सदस्य यादवले देशमा पाँच दलीय गठबन्धनले एमालेविरुद्ध जति जालझेल गरेपनि दिनदिनै गठबन्धन त्यागेर एमाले प्रवेशको संख्या बढ्दै गएको बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि एमालेलाई अपार बहुमत दिन आह्वान गर्नुभयो । कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्यहरु अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्यहरु राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको सहभागिता रहेको थियो ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार