२०८१ बैशाख ७ शुक्रबार

सबैलाइ हँसाऊँदै करोडौको मालिक बने राजपाल यादव, कती छ सम्पति?

दुबई

भारतीय चलचित्र मा प्रायः हिरोइनलाई गुन्डाहरूबाट बचाउने हीरोहरू छन्, जसले कहिले खलनायकसँग एक्सन गर्छन् त कहिले हीरोईन सँग रोमान्स गरेको देखिन्छ। सबै फिल्म हीरो अनी हीरोईनको वरिपरि घुम्छ अनी दर्शकले पनि केवल उनकै चर्चा गर्छन् तर दर्शकलाई पेट मिचीमिची हसाउने कलाकारको परिश्रम मा भने कहिले कमी आएको देखीदैन ।

हिन्दी सिनेमामा धेरै कमेडियन कलाकारहरू छन्, जसलाई फिल्ममा मुख्य भूमिका नपाउन सक्छ, तर फिल्ममा उनीहरूको उपस्थितिले फ़िल्म हेर्ने दर्शकको अनुहारमा मुस्कान अनी हासों ल्याइदिन्छ। यस्तै एक हास्यं राम्रा र उत्कृष्ट कलाकार हुन् राजपाल यादव ।

कमेडियनका रुपमा राजपाल यादवले छुट्टै पहिचान बनाएका छन् । उनको फ्यान फलोइङ अचम्मको छ । उनको अभिनय, कमिक टाइमिङका लागि मानिसहरुले उनको प्रशंसा गरेका छन् । आज कमेडियनको रुपमा परिचित राजपाल यादवले नकारात्मक भूमिकाबाट करियर सुरु गरेका थिए ।

तर आज राजपाल यादव फिल्ममा आफ्नो अभिनयको भरमा दर्शकलाई हँसाएर करोडौंको सम्पत्तिका मालिक बनेका छन् । उनको प्रति फिल्म कमाइ पनि कम छैन ।

२२ वर्षको उमेर देखि उनले मनोरञ्जन क्षेत्रमा काम गर्दै आएका राजपाल यादवले चलचित्रदेखि टिभीसम्म आफ्नो अभिनय देखाएका छन् । राजपाल यादव शाहजहानपुरको सानो अनी बिकट गाउँ बाट आएका हुन् तर अहिले उनी मुम्बईको एक महँगो फ्ल्याटमा बस्छन्। यसबाहेक राजपाल यादवले धेरै रियल इस्टेट मा पनि लगानी गरेका छन् ।

राजपाल यादवको लग्जरी लाइफ स्टाइल हरेक कुनै अन्य स्टारको भन्दा कम छैन । उनीहरुसँग निकै महँगो कार छन् । राजपाल यादवको कार संग्रहमा होन्डा एकर्ड र बीएमडब्लू ५ सिरिजका कारहरू छन्। जसको मूल्य करोडौं मा छ ।

राजपाल यादवको आफ्नो आम्दानीको मुख्य स्रोत भनेको उनको अभिनय र चलचित्र हो । उनले एक फिल्मका लागि १ देखि २ करोड भारु लिन्छन् । यस बाहेक राजपालले ब्रान्ड एन्डोर्समेन्टबाट पनि कमाइ गर्छन् । उनले ब्रान्ड एन्डोर्समेन्टका लागि १ करोड भारु लिन्छिन् ।

हालसम्म करिब १५० बढ़ी फिल्ममा काम गरिसकेका राजपाल यादवको कुल सम्पत्ति ७ करोड डलर छ । राजपाल यादवको भारतीय रुपैयाँमा ५० करोडको सम्पत्ति छ । उनले महिनामा ३० लाखभन्दा बढी कमाउँछन् । योसँगै राजपाल यादवको वार्षिक आम्दानी ४ करोडभन्दा बढी छ ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार